करिष्मा जोडीले नयाँ इन्टरटेन्टमेन्ट च्यानल खोल्ने


Filmy Kura, Feb 7, 2016 at 6:40 am

karishma_manandharअभिनेत्री करिष्मा मानन्धर र उनको पति विनोद मानन्धरले मिलेर नयाँ इन्टरटेन्टमेन्ट च्यानल खोल्ने भएका छन् । एक निजी टेलिभिजनसँगको सहकार्यमा उक्त च्यानल खोल्न लागेको अभिनेत्री करिष्माले फिल्मीकुरालाई बताएकी हुन् ।

नयाँ च्यानलका लागि यतिबेला करिष्मा जोडीले आन्तरिक तयारी गरिरहेका छन् । च्यानलको नाम के राख्ने भन्नेमा छलफल भइरहेको उनको भनाइ छ । विशेषत् नयाँ इन्टरटेन्टमेन्ट च्यानलले नेपाली फिल्मको प्रमोटको लागि काम गर्ने बताइएको छ ।

स्मरण रहोस् फिल्म क्षेत्रमा करिब तीन दशक बिताएकी करिष्मा भर्खरै गठित पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको नयाँ शक्तिमा आबद्ध भएकी छिन भने उनका पति विनोद मिडिया व्यवसायी समेत हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

पल-पूजाको म यस्तो गीत गाउँछु २ ट्रेलर रिलिज (भिडियो)
कमेडी च्याम्पियन टोली देखि भुवन झरनाको नजरमा लभ डायरिज कस्तो ?
सेल्फी किङ्गको भव्य प्रिमियर, फिल्मलाई मिश्रित प्रतिक्रिया (भिडियो सहित)
प्रतिक्षित फिल्म प्रेमगीत ३ को गीत रिलिज, प्रदीप-क्रिष्टिनाको फरक अवतार