कमेडी फिल्मको लागि हिरोइनको खोजीमा मह जोडी, निर्देशकमा भने प्रदीप भट्टराई पक्का


Filmy Kura, Feb 7, 2016 at 7:17 am

haribansa aacharyaमह जोडीले मिलेर निर्माण गर्न लागेको कमेडी फिल्मका लागि यतिबेला हिरोइनको खोजी भएको छ । फिल्मीकुरा सँगको एक भेटमा महका ‘ह’ अर्थात हरिवंश आचार्यले हिरोइनको खोजी गरिरहेको र हिरोमा भने मदनकृष्ण श्रेष्ठ र आफू पक्का भएको बताए ।

पछिल्लो समय विभिन्न सामाजिक काम र टेलिशृङ्खलामा नै व्यस्त भइरहेका हरिवंशले बनाउन लागेको कमेडी फिल्मको विषयमा खुलासा गर्दै भने, ‘यसको स्क्रिप्ट मैले नै लेखेको हुँ । ९० प्रतिशत स्क्रिप्ट लेखन सकियो । रमाइलो कथामा कम पात्र राखेर फिल्म बनाउने सोच हो ।’

उनले फिल्ममा मदन र हरिवंश प्रमुख पात्र भएकोले हिरोइन पनि आफूहरुकै उमेर मिल्ने खालको चाहिएको बताए । कमेडी फिल्म भएकाले अन्य हास्यकलाकार नी अटाउछन् तपाईको फिल्ममा भन्ने हाम्रो जिज्ञासामा उनले कथावस्तु नै कम पात्रको सेरोफेरोमा घुमेकोले अहिलेका दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे लगायतका कलाकार फिल्ममा नअटाउने भनाइ राखे ।

फिल्मको निर्देशन भने महले गर्ने छैनन् । मह सञ्चारमा विगत लामो समयदेखि आवद्ध रहेर विभिन्न टेलिशृङ्खला सह निर्देशन गरेका प्रदीप भट्टराईले निर्माण हुन गइरहेको फिल्मको निर्देशन पाटो सम्हाल्ने छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

चलचित्र कोपीलाको इन्डक्ल्याप, निर्मला पन्तको कथा पर्दामा
गरुड पुराण नायिकालाई नाम चेन्ज गर्न सुझाव (भिडियो सहित)
प्रेमलीला रिलिज पोेष्टपोन्ड, कारण यस्तो
गोपीको नयाँ गीत रिलिज, विप्लवको रचनामा शिवको स्वर (भिडियो)