केकी बहिनी जस्तो मान्छे के रोमान्स गर्नु – चेतन सापकोटा


Filmy Kura, Feb 8, 2016 at 6:59 am

करिब दुई दशक देखि नेपाली सांगीतिक क्षेत्रमा संगीतकारका रुपमा आफूलाई परिचित गराएका चेतन सापकोटा ‘भाग् सानी भाग्’ नामक नेपाली कथानक चलचित्रबाट कार्यकारी निर्माताका रुपमा उदाएका छन् । उनै संगीतकार तथा निर्माता सँग फिल्मीकुराले ‘भाग् सानी भाग्’ सँग सम्बन्धित रहेर गरेको कुराकानीको संपादित अंश :

chetan sapkotaतपाई संगीतकारबाट निर्माताको रुपमा माथि चढेको कि तल झरेको ?
बजारको हल्ला बजारमै छोडौ । तल झरेको होकी लगानी गरेर माथि चढ्न खोजेको हो यो त फिल्म रिलिज पछि छर्लङ्ग हुन्छ नै । मेरो बुझाई चाहि के हो भने १५ २० वर्ष नेपाली फिल्म क्षेत्रको संगीतमा काम गरे । यो क्षेत्रले एउटा दरिलो परिचय दियो चेतन सापकोटा भनेर । हुन त म गीत पनि गाउँछु, शब्द पनि आफै बेला बखत कोर्छु । संगीतकार, गायक, गीतकार हुँदै निर्माताको रुपमा परिचय थपेको छु यो त ओरालो लागेको भन्दा नी उकालो नै चढेको होलानी । जहाँ सम्म मलाई लाग्छ यसले मलाई माइनस भन्दानी प्लस नै गराको छ ।

पछिल्लो समय फिल्मबाट संगीतका लागि अफर आउनै छोडेकाले तपाई फिल्म निर्माण तिर अग्रसर भएको भन्ने कुरा छ । कतिको सत्यता छ यसमा ?
मैले नी त यहि क्षेत्रमा करिब दुई दशक बिताए । अब पनि म फोन गरी गरी मलाई संगीतकारका रुपमा लेउ भनेर भन्छु त यदि उनीहरुलाई मेरो सिर्जना चाहिन्छ भने मलाई भेट्ने होनी उनीहरुले । कुरा यति हो म काम चाहियो मलाई भन्दै हिड्दिन काम प¥यो भने अवश्य सम्झिहाल्छन् । फेरि म पुरै साइलेन्ट बसेकोनी होइन गरिराकोछु जस्तो पछिल्लो समय मैले आफैले गाएको फिल्म ‘फन्को’ को गीत सुपरहिट छ । अझ अगाडिको मैले संगीत भरेको ‘लज्जा’ ले त संगीतकारको अवार्ड नै दिलायो । म संख्यात्मक भन्दानी अब गुणात्मक तर्फ बढि ध्यान दिन थालेको छु । सत्यता कुन कुरामा छ भने म अरुको दैलो ढुकेर दैउसी चाहि खेल्दिन काम देउ भनेर मलाई यदि लिन चाहने हो भने घरमै आएर पनि भेट्न सक्छन् । संगीत क्षेत्रबाटै मैले मेरो परिवार पालिरहेको छु । संगीत मेरो पेशा हो भने फिल्म निर्माण गर्नु चाहि मैले मेरो व्यवसायको रुपमा लिएको छु ।

ए ए भनेपछि पेशाले परिवार पालेको रहेछ अब व्यवसाय गरेर चाहि के करोडपति बन्ने चाहना हो ?
त्यसमा त म पुरै प्रिपेयर छुनी । घमण्ड होइन कन्फिडेन्स हो मेरो । फिल्म उत्कृष्ट बनेको छ लगानी सुरक्षित भएर मुनाफामा जाने पक्का छ । किनकी विभिन्न देशमा यतिबेला फिल्मको माग भइरहेको छ । अष्ट्रेलियामा अहिले लगातार पाँचौ शो चलिरहेको छ । नेपाली माटो हेरेर विदेश बस्ने नेपालीको लागि फिल्म निर्माण गरेको हुँ । नेपालमा फिल्म नचलेर मलाई केही फरक पर्दैन । करोड त नभन्नुस् करोड बराबरको माया चाहि दर्शकबाट पाउछु भन्ने आशा छ ।

नेपालमा नचलेर केही फरक पर्दैन भन्नु भयो त्यसो भए त फिल्म रिलिज हुँदा नहेरे पनि हुने भयो है ?
त्यसो भन्न पक्कै खोजेको होइन । व्यापारिक दृष्टिकोणले नेपालमा नचलेपनि फरक पर्दैन तर यो फिल्म हेर्नै पर्ने कारण पनि म खुलाइदिन्छु । जम्मा तीन कारण छ ‘भाग् सानी भाग्’ हेर्नुपर्ने । पहिलो कारण भनेको सभ्य र भव्य निर्देशक नवल नेपालले यो फिल्मको निर्देशन गरेका छन् । ‘श्रीमान’, ‘लज्जा’, ‘महशुस’ जस्ता सफल फिल्म निर्देशन गरेको व्यक्तिले काम गरेका छन् । दोस्रो कारण भनेको मैले बिसौ बर्ष यहि क्षेत्रमा बिताए । हालसम्म मैले बुझेको फिल्म क्षेत्रको सम्पूर्ण अनुभव संगालेर ‘भाग् सानी भाग्’ मा लगानी लगाएको छु । तेस्रो कारण भनेको यो पूर्ण मौलिक नेपाली कथामा बनेको अग्र्यानिक फिल्म हो ।

फिल्ममा लगानी गरेर निर्माता बन्नेहरुले हिरोइन सँग खुब रोमान्स गर्छन् रे त ।
होला त्यो कुरा म होइन भन्दिन । कुनै लाहुरे चाहुरेहरुले त्यहि उद्देश्य लिएर पनि फिल्म क्षेत्रमा प्रवेश गरेका छन् । तर चेतन सापकोटाको हकमा त्यो लागु हुन्न । बिसौ वर्ष यहि क्षेत्रमा लागेर हिडेको मान्छे म अब केकी अधिकारी मेरो फिल्मको सानी पात्र । उनी भनेको मेरो बहिनी जस्तो मान्छे । बहिनी सँग के को रोमान्स गर्नु । यो फिल्म इन्ड्रष्टि त मेरो परिवार जस्तो छ । यहाँका सम्पूर्ण काम गर्ने सदस्य मेरो भाइ बहिनी छोरा छोरी जस्तो । म कतिको अविभावक जस्तो कति मैले मान्नुपर्ने व्यक्ति छन् उनीहरु मेरो अविभावक जस्तो । अरु निर्माताले रोमान्स गरे होलान् तर चेतन सापकोटाले फिल्ममा लगानी गरेर अष्ट्रेलिया, अमेरिका र यूएसएमा फिल्मको बजारीकरण गरी पैसा कमाउने योजना चाहि पक्का बनाको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

भर्जिन लोकेशनका लागि जोखिम मोल्यौ : डेव्यू निर्देशक तथा नायिका झरना थापा
मेरो लागि नारायण परालको त्यान्द्रो तर शम्भुजितले मन दुख्ने वचन लगाए : लेखक तथा निर्देशक सुरज सुब्बा नाल्बो
म भोटेनी हुँ, कसैले भोटेनी भन्यो भने रिसाउँदिन : कमली वाइवा
नेपाली फिल्म लुटको नाम धेरै पटक सुनेको छु