चर्चित दुई संगीतकार बसन्त र अर्जुन उ बेला थिए लोक गायक


Filmy Kura, Feb 8, 2016 at 9:53 am

Basant-sapkotaकमैलाई थाहा होला अहिलेका चर्चित दुई संगीतकार बसन्त सापकोटा र अर्जुन पोखरेल जमानाका गायक हुन् भनेर त्यो पनि लोकदोहोरीको । हुन त उमेर अन्तर हेर्ने हो भने बसन्त भन्दा अर्जुन ठ्याक्कै ५ वर्षले सानु छन् ।

यी दुबै जनाको चाहना भने गायक बन्ने थियो । कास्की जिल्लामा जन्मिएका बसन्त र चितवन जिल्लामा जन्मिएका अर्जुनले आफ्नो लक्ष्य पूरा गर्न अन्ततः काठमाडौं नै आउनु पर्ने थियो ।

बसन्तले भने आफ्नो गायक बन्ने तिब्र इच्छालाई पोखरामै बसेर पुरा गरे । उनले आफ्नै शब्द तथा संगीतमा लोकपप फ्लेबरको ‘मुरली कसले बजायो जुरेली बस्ने बनैमा’ बोलको गीत २०५७ सालमा रेकर्ड गराए । अब पोखरा बसेर हुन्न राम्रो गायक त बन्नैपर्छ जसरी नी भन्दै बसन्त काठमाडौं हानिए । यस्तै कथा छ उता अर्जुनको पनि । उनी पनि सानै देखि संगीतमा खुब चासो दिन्थे । २०६१ सालमा ‘सानी मोरी मलाई मनप¥यो’ बोलको लोकदोहोरी गीत रेकर्ड गराएका उनले सोही गीतबाट अवार्ड पनि हात पारे ।

गायक बन्ने सपना लिएर भित्रिएका यी दुई अहिले आएर कसरी चर्चित संगीतकार बने त ? प्रश्न उठ्नु स्वभाविक हो । संगीतकार बसन्त सम्झन्छन्, ‘मान्छेले आफु भित्रै रहेको प्रतिभा चिन्न सके मात्र सफलता प्राप्त गर्न सक्छ । म सँग गीत गाउने भन्दा नी शब्द लेख्ने र संगीत दिनेमा दख्खल रहेछ । त्यो कुरा साथीभाइले नी सुझाए । आज त्यसैको परिणाम स्वरुप म यहाँ छु ।’

२०५७ पछिका दिनलाई बसन्तले स्मरण गर्दै भने, ‘पहिलो गीत बजारमा आएपछि गाइगुइ चल्यो पोखरामा बसन्त गायक बनेछ भनेर अनि मैले क्रमश ‘झलझलेमा तार’, ‘सोधौ कसरी’, ‘लङ्कामा सुन छ’ लगायतका लोकदोहोरी एल्बम निकाले । यसरी काम गर्दै जाँदा पोखरामा निर्माण भएको फिल्म ‘दोषि’ का लागि संगीत दिने अफर आयो । ०६१ सालको कुरा हो यो ।’

बसन्तको भाग्य बदलिएको भने सफल फिल्म दिने निर्देशक विकास आचार्यले ‘नशिव आफ्नो’ फिल्ममा व्रेक दिए पछि हो । यस पछि भने उनले पछाडि फर्केर हेर्नु परेन । त्यसपछिका दिनमा ‘शिलशिला’ फिल्ममा ‘सागर सरि चोखो माया तिमीलाई दिउला’ बोलको गीत सबैको मुखैमा झुन्डिएपछि भने संगीतकारको पनि चर्चा सुरु हुन थाल्यो । दुखको कुरा नै भन्नुपर्छ यो गीत २०५६ सालमै बसन्तले तयार पारेका थिए तर १५ २० जना प्रोडुसर डाइरेक्टरलाई सुनाउदा पनि कसैले यो गीतलाई आफ्नो फिल्ममा राख्न चाहेका थिएनन् । उनले भनेका छन्, ‘मलाई आफू संगीतकार हुँ भनेर चिनाउन १० वर्ष संघर्ष गर्नुप¥यो ।’ लोकगीत, भजन, आधुनिक र फिल्मको गरी हालसम्म उनले ८०० हाराहारीका गीतमा संगीत भरिसकेका छन् । उनले संगीतवद्ध गरेका फिल्मका केही नाम लिने हो भने ‘शिलशिला’, ‘नैना रेशम’, ‘टक्कर दुई मुटु’, ‘अन्दाज’, ‘नाई नभन्नु ल–२’, ‘रिदम’, ‘काली’, ‘नोटबुक’ आदि पर्न आउँछ ।

Arjun-Pokhrel_Filmykuraयस्तै अहिले आएर निकै व्यस्त सेड्यूअलमा हिड्ने संगीतकार अर्जुनको पनि आफ्नै संघर्षको कथा छ । लोकदोहोरीमा भन्दानी अब फिल्मको संगीतमा केही गर्छु भन्ने सोच राखेका अर्जुनलाई सुरुवाती दिनमा कसैले पत्याएनन् । ०६७ सालमा आएर भने ‘दिलमाया’ फिल्मको लागि निर्देशक राजु गिरीले नयाँ संगीतकारको खोजी गर्दा उनको आँखामा अर्जुन परेका हुन् । पहिलो पटक आफूले संगीत दिएको फिल्मको टाइटल गीत नै हिट भएपछि भने अर्जुनका पनि दिन फिरे ।

अरुको गीत गाडिमा बजेको सुन्दा आफ्नो नी त्यो दिन कहिले आउला भनेर सोच्ने अर्जुनले विगत सम्झिए, ‘पहिलो गीत गाएपछि अरुको भन्दा अलि फरक छ है तिम्रो सिर्जना भनेर सिनियरले भने । त्यहि हौसलाले त म निरन्तर लागिरहे यहि क्षेत्रमा । हुर्किन चाहि म सांगीतिक माहोल मै हुर्के । मेरो बुबा राम्रो भजन गाउनु हुन्छ ।’ उनले यो कुरा भनिरहदा सफलताको पछाडि मिहेनत जरुर चाहिदो रहेछ भनेर बुझ्न सकिन्थ्यो ।

उनले पछिल्लो समय संगीत प्रशिक्षकको रुपमा समेत काम गरिरहेका छन् । फिल्म ‘विन्दास’, ‘मेरो जीवनसाथी’, ‘स्टुपिड मन’, ‘लुटेरा’, ‘प्रेमगीत’ मा उनले भरेको संगीतले बजार पिटेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

चलचित्र कोपीलाको इन्डक्ल्याप, निर्मला पन्तको कथा पर्दामा
गरुड पुराण नायिकालाई नाम चेन्ज गर्न सुझाव (भिडियो सहित)
प्रेमलीला रिलिज पोेष्टपोन्ड, कारण यस्तो
गोपीको नयाँ गीत रिलिज, विप्लवको रचनामा शिवको स्वर (भिडियो)