मेरो लाइफमा पर्सनल कुरा गर्ने समय नै छैन – आर्यन सिग्देल


Filmy Kura, Feb 9, 2016 at 9:37 am

नेपाली फिल्म इन्ड्रष्टिजमा आफ्नो छुट्टै क्रेज खडा गरेका नायक हुन् आर्यन सिग्देल । अब्बल अभिनय क्षमता भएका उनी अभिनित फिल्मले व्यवसायिक सफलता हात नपारे पनि उनको भने खुबै चर्चा हुने गर्छ । पछिल्लो समय उनको बहुप्रतिक्षित फिल्मको रुपमा हेरिएको छ ‘क्लासिक’ लाई । आर्यन इन्टरटेन्टमेन्टर र सुवास इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण भएको ‘क्लासिक’ माघ २९ गतेबाट देशभर प्रदर्शनमा आएको छ । भ्यालेनटाइनको सेरोफेरोमा नायक आर्यन सिग्देल सँग फिल्मीकुराले गरेको कुराकानीको सम्पादित अंश :

12742389_10153450564983106_5448006504125538959_nतपाई त विवाहित हुनुहुन्छ, यो पटकको भ्यालेन्टाइन तयारी के छ ?
मैले मेरो लाइफमा बिहे अगाडि पनि यो भ्यालेन्टाइन, क्रिसमस, न्यू इयरलाई कहिल्यै महत्व दिन । यदि रिलेसनसिप राम्रो छ भने त एभ्रीडे भ्यालेन्टाइन्स डे हुन्छनी । म सधैँ काममा डेडिकेट भएर लाग्ने मान्छे हुँ । यो पटकनी खास त्यस्तो स्पेशल केही छैन । मेरो लागि भ्यालेनटाइन भनेनी न्यू इयर भनेनी सिनेमा नै भयो । सिनेमा बाहेक मैले अहिले केही सोचिरहेको छैन ।

भनेपछि सिनेमा बाहेक केही रहेनछ, खाने बेला यहि हो भन्ने सोच हो ?
विल्कुल होइन । त्यस्तो भइदिएको भए त मैले धेरै फिल्म खेलिसक्थे । ‘क्लासिक’ फिल्ममा मात्र म यो वर्ष लागिपरे । दश महिना पछि यो फिल्म गरेको हुँ । यदि मैले त्यस्तो भनेर ल केटा तेरो बेला यहि हो मौका नछोड भन्ने सोच लिएर काम गरेको भए त थुप्रै फिल्म खेलिसक्थे । पैसा कमाउन र फिल्मको संख्या थप्न मात्र मैले कहिले चाहिन । राम्रो फिल्म दर्शकलाई दिनुपर्छ भन्ने मान्यता राख्छु म ।

पैसा कतिको कमाउनु भएको छ त ?
खास भन्ने हो भने पैसा त कमाएको छैन । कमाएको भनेको दर्शक हो अनि धेरै माया । जुन मेरो लागि पैसा भन्दा लाखौ गुणा महत्वपूर्ण छ ।

कस्तो खालको फिल्म हो त ‘क्लासिक’ ?
‘क्लासिक’ एउटा सांगीतिक प्रेम कथामा बनेको फिल्म हो । संगीत मन पराउने दुई पात्रको वरीपरि फिल्म घुमेको छ । दुई जनाको बीचमा त्यहिबाट प्रेम जोडिन्छ । लाइफ भनेको अप्स एन्ड डाउन भने जस्तै फिल्म भित्र यहि कुरालाई देखाउन खोजिएको छ । रोमान्स रोनाधोना सबै कुरा छ ।

तपाईले पर्दामा रोमान्स चाहि लास्टै गर्नुभएको छ है ?
(हास्दै) पर्दामा मात्रै हो । रियल लाइफमा त त्यतिको रोमान्स गरेको छैन । तर बास्तविक जीवनमा पनि म रमाउने मान्छे हुँ नत्र किन मैले पर्दामा मात्र गर्न सक्थेर । त्यसरी कथामा डुबेर कुनै पात्रले त्यतिको गर्न सक्नुको पछाडि कहि न कतै यथार्थमा जीउने जीवनले पनि भूमिका चाहि अवश्य खेल्छ ।

टेलिशृङ्खलामा रमाइरहेको व्यक्ति ठूलो पर्दामा आउनु भयो, विगतलाई कतिको स्मरण गर्नुहुन्छ  ?
धेरै स्मरण गर्छुनी । सिरियल मात्र होइन सडक नाटकलाई नी मिस गर्छु । सडक नाटक हुदै आज ‘क्लासिक’ सम्मको यात्रा तय भएको छ । जहिले पनि म यो सम्झन्छु कि विगतलाई बिर्सियो भने मान्छे कहिले पनि अगाडि बढ्न सक्दैन । गाडि चलाउदा खेरि लुकिङ्ग ग्लासबाट पछाडि हेरिएन भने गाडि कति खेर एक्सिडेन्ट हुन्छ थाहा हुदैन । त्यसैले विगतलाई कहिल्यै पनि बिर्सन हुन्न ।

फिल्ममा आउनका लागि कतिको स्ट्रगल गर्नुप¥यो ?
सुरुमा मैले ड्रामाबाट कला यात्राको थालनी गरेको हुँ । स्टेज प्रोगामहरु धेरै गरे । नाटकले नै मलाई आज यहाँ सम्म ल्याएको हो । त्यसपछि मैले सिरियलका लागि अडिसन दिए । तीनवटा सिरियल गरिसकेपछि बल्ल फिल्मबाट अफर आउन थालेको हो । सिरियल गर्ने क्रममा मह जोडिसँग काम गर्ने मौका पाए । त्यहाँबाट पनि मलाई केही प्लस भयो । अहिले आएर सिनेमाको जुन बजार छ मैले त्यति बेला स्ट्रगल गर्दा धेरै दुःख नै थियो । सहज र सरल तवरले कहा म यहाँ सम्म आइपुगेको हु र । मैले मलाई फिल्ममा लेउ भनेर कुनै निर्मातालाई फोन हानिन । न त म आज यहाँ मेरो अनुहारले नै छु । छु त केबल अभिनय प्रतिको मेरो दृढ सङ्कल्प र प्यासन नै हो । मेरो काम नै राम्रो लागेर होला सायद छविराज ओझाले ‘किस्मत’ मा ब्रेक दिनुभएको ।

‘किस्मत’ फिल्मले त तपाईको किस्मत नै बदलिदियो है  ?
भाग्य नै त बदलेको मान्दिन तर बाटो चाहि राम्रो कोरिदियो । सबैमाझ म चिनिएको भनेको चाहि ‘मेरो एउटा साथी छ’ मा आएर हो । विश्वव्यापी रुपमा आज जही कतैबाट पनि मलाई आर्यन भनेर चिन्नेहरुले त्यो फिल्म हेरेका छन् जस्तो लाग्छ । त्यो फिल्म पछि नै हो मैले कस्तो काम गर्नुपर्दोरेछ सिनेमाको लेभल कति हुदोरहेछ भनेर थाहा पाएको ।

‘किस्मत’ देखि ‘मेरो एउटा साथी छ’ हुदै आज ‘क्लासिक’ सम्म आइपुग्दा आफूमा कतिको निखारपना पाउनुहुन्छ ?
त्यतिबेला फिल्मको लागि प्रयोग गरिने प्रविधि र अहिले अलि केही फरक चाहि छ । जस्तो त्यतिबेला सिमित स्रोत साधनमा पनि काम गरियो होला । आज अलि एडभान्स लेभलमा रहेर काम गरिन्छ । अभिनयको हिसाबले त मैले जुनसुकै फिल्ममा पनि राम्रो गर्ने हरदम प्रयास नै गरेको हुन्छु । यदि मैले लापरबाही तवरले फिल्ममा अभिनय गर्थे भने दर्शकको यति धेरै माया कहा पाइन्थ्यो होला र । जे होस् समय सँगै आफूलाई पनि मैले परिवर्तन गर्दै लगिरहेको छु ।

तपाईले अहिले सम्म खेलेका फिल्म मध्ये आफैलाई मनपर्ने र सुपरहिटको लिस्टमा राख्नुपर्दा कुन फिल्म पर्न आउछ ?
अह,,,कुन भन्ने अब । मेरो प्रयास त सबै राम्रै गर्ने हो तर नी एउटा रोज्नुपर्दा ‘मेरो एउटा साथी छ’ नै रोज्छु ।

यो फिल्मको नाम लिरहदा आज निर्देशक सुदर्शन थापा सँग तपाईको साथीत्व टुटेको छ दुःख लाग्दैन ?
होइन यस्तो हो मैले मेरो प्रोडक्शन सुरु गरे । उसले आफ्नो प्रोडक्शन सुरु ग¥यो । उ आफ्नो काममा बिजी छ म मेरो काममा बिजी छु । यसमा दुःख मान्नु पर्ने कुरा नै के छ र । कोही मान्छे सेल्फ रुपमा प्रगति गरेर काम गर्न सक्छ भने त्यसमा दुखी हुनु कुनै आवश्यक छैन ।

मिल्न सक्ने सम्भावना पनि त थियो होलानी ?
बाहिर तिर सुन्छु एकले अर्कोलाई दुश्मनीको रुपमा लियो रे । मलाई कस्ले किन दुश्मनीको रुपमा लियो थाहा पनि छैन । मेरो लागि जिन्दगीमा पर्सनल कुरा गर्ने समय नै छैन । म फ्रि भएको बेला नी फिल्म नै हेरिरहेको हुन्छु । मैले फिल्म बाहेक अरु केही सोचेको पनि छैन अनि देखेको पनि छैन । पर्सनल कुरा गर्ने न बानी रह्यो कहिले । कसैको कुरा काट्ने, कसैलाई गाली गर्ने यसको लागि म सँग एक रती समय नी छैन र मेरो त्यस्तो खालको बानी व्यहोरा पनि छैन ।

अन्त्यमा ?
यस वर्षको प्रणय दिवस प्रेम कथामा बनेको फिल्म ‘क्लासिक’ हेर्दै मनाउनु होला । मैले फरक क्यारेक्टर फिल्ममा गरेको छु । आर्यन इन्टरटेन्टमेन्ट ब्यानरबाट वर्षको एउटा फिल्म आफूले पनि निर्माण गर्ने योजना रहेको छ । सुवास गिरी जस्तो मिलनसार साथी पाएको छु । ‘नोभेम्बर रेन’ कै टिम मिलेर यो वर्षको भ्यालेनटाइन्स डे मा उपहार स्वरुप ‘क्लासिक’ पस्किएका छौ । पक्का पनि दर्शकको साथ मिल्नेमा म विश्वस्त छु । निर्देशक दिनेश राउतले असाध्यै राम्रो फिल्म बनाएका छन् । सांगीतिक पक्ष पनि सबल छ । फिल्म भित्र नायिका नम्रता श्रेष्ठ र मैले केही नयाँ दिने प्रयास गरेका छौ । आशा छ फिल्म ‘क्लासिक’ ले सबैको मन जित्नेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

भर्जिन लोकेशनका लागि जोखिम मोल्यौ : डेव्यू निर्देशक तथा नायिका झरना थापा
मेरो लागि नारायण परालको त्यान्द्रो तर शम्भुजितले मन दुख्ने वचन लगाए : लेखक तथा निर्देशक सुरज सुब्बा नाल्बो
म भोटेनी हुँ, कसैले भोटेनी भन्यो भने रिसाउँदिन : कमली वाइवा
नेपाली फिल्म लुटको नाम धेरै पटक सुनेको छु