म स्त्री लम्पट् होइन – भुवन केसी


Filmy Kura, Feb 9, 2016 at 10:03 am

bhuwan kcसदाबहार नायकको ट्याग भिरेका भुवन केसीलाई कतिले त सेक्सी नायकका रुपमा समेत परिभाषित गरेका छन् । कारण उनी पछिल्लो समय प्राय जसो नयाँ नयाँ हिरोइन तथा केटी सँग सहजै भेटिन थालेकोले गर्दा पनि हो ।

कतिले उनलाई स्टारडम नभएका र आफूलाई ब्यालेन्समा राख्न नसक्ने हिरो भनेर पनि आरोप लगाए । तर उनी यो कुरालाई नकार्छन् । आफ्नो नामको पछि केटीको नाम जोडिनुमा मिडियाले आफ्नो चर्चा कमाउन र कोही केटिले छिट्टै आफूलाई अरुले चिनोस् भनेर यस्तो प्रयोग गरेको उनको भनाइ छ ।

फिल्मीकुराले नायक भुवन केसीलाई तपाईलाई सबैले स्त्रि लम्पट्को संज्ञा दिए स्विकार गर्नुहुन्छ भनेर प्रश्न गर्दा उनको जवाफ यस्तो आयो, ‘म मान्छे यति ह्यान्डस छु । मेरो पछि केटि लाग्नु स्भाविक हो । म कति पनि स्त्री लम्पट् होइन । यो भन्नेहरु मेरा रिस गर्नेहरु हुन् ।’

उनले आक्रोशित हुदै यो सब भुवन केसीले गरेको प्रगतिमा आँखा लगाउने काम भएको बताए । तपाईको केटी मोहले पछि गएर छोरा अनमोलले पनि यहि पथ पछ्यायो भने उसको भविष्य चेट होलानी भन्ने भनाइमा प्रतिवाद गर्दै भुवनले भने, ‘ मेरो छोरा अनमोल अहिलको सुपरस्टार हो । बरु चर्चाका लागि कुनै पनि नाम गरेका हिरोइने मेरो छोराको नाम सँग आफ्नो नाम जोड्न सक्छन् तर मेरो छोराले त्यसरी केटी सँग हिड्ने घुम्ने कदापी गर्दैन् । उ भनेको पछि गएर फिल्म इन्ड्रष्टि धान्ने खम्बा हो ।’


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

पल-पूजाको म यस्तो गीत गाउँछु २ ट्रेलर रिलिज (भिडियो)
कमेडी च्याम्पियन टोली देखि भुवन झरनाको नजरमा लभ डायरिज कस्तो ?
सेल्फी किङ्गको भव्य प्रिमियर, फिल्मलाई मिश्रित प्रतिक्रिया (भिडियो सहित)
प्रतिक्षित फिल्म प्रेमगीत ३ को गीत रिलिज, प्रदीप-क्रिष्टिनाको फरक अवतार