फिल्म खेल्न छोडेपछि राम्रो एक्टर को भन्दा ऋचा भनुन – नायिका ऋचा शर्मा


Filmy Kura, Feb 10, 2016 at 7:14 am

नायिका ऋचा शर्मा पछिल्लो समय पर्दामा आफूलाई फरक फरक चरित्रमा प्रस्तुत गराइरहेकी छिन् । ‘टलक जंग भर्सेस टुल्के’ मा भिन्न चरित्रमा देखिएकी उनलाई फिल्म हेर्ने दर्शकले पृथक अभिनय क्षमता भएकी कलाकारको रुपमा लिएपछि भने ऋचा अहिले हरेक फिल्ममा केही नयाँ गर्ने सोचका साथ लागिपरेकी छिन् । ‘को आफ्नो’ उनको प्रतिक्षित फिल्म हो । प्रस्तुत छ उनै नायिका ऋचासँग फिल्मीकुराले गरेको कुराकानीको सम्पादित अंश :


richa-sharma-filmykuraतपाई ब्ल्याक ब्यूटि हिरोइन हो ?

हुन त सबैले मलाई यहि भन्छन् तर मलाई यो रंगभेद मन पर्दैन । श्वेत अश्वेत किन छुट्याउने ? मलाई खास यो काली त्यो गोरी वा सेती भन्ने कुरालाई म खासै सपोर्ट गर्दिन ।

तपाईलाई नायिका भनेर चिनाउदा राम्रो कि चरित्र अभिनेत्री ?
मलाई नायिका भन्दानी एउटा कलाकारको रुपमा लिदा अझ बेटर होला । मलाई हिरोइनको ट्याग चाहि भिर्नु छैन । सबभन्दा ठूलो कुरा त दर्शकले रुचाउनु हो । जहाँ सम्म यो कुरा मैले पाइरहेको छु ।

अचेल त कलाकार फिल्म खेल्न भन्दा स्टेज कार्यक्रम तिर बढी व्यस्त हुन थाले है ?
हो म पनि त्यसमा पर्छु । तर म बाहिर देश नृत्य गर्न जाने वा कुनै इन्टरटेन्टमेन्टको लागि भन्दानी विभिन्न अर्गनाइजेशनको म एम्बेस्डर भएकाले एज अ होस्टको रुपमा पनि गइरहेको हुन्छु । विभिन्न सामाजिक संघ संस्थाले गर्ने जनचेतना मुलक कार्यक्रमको लागि पनि सहभागी भइरहेको हुन्छु । मेरो सुरुवात नै टिभी कार्यक्रम होस्टबाट भएकाले बाहिरबाट कार्यक्रमको होस्ट गर्न चाहि थुप्रै निमन्त्रणा आउने गर्दछ ।

फिल्म क्षेत्रमा भित्रिएको थोरै समयमा नै तपाई त निकै व्यस्त हुनुभयो नी ?
बाहिर घुमेको हिसाबले भन्ने हो भने ट्राभलिङ मेरो हबी पनि हो । म जहाँ जादा नी केही सिकौ भन्ने उद्देश्य बोकेर हिड्छु । व्यस्त भन्दापनि हेर्नुस् मैले पाँच वर्षको करियरमा जम्मा १० वटा फिल्म खेले । अरु कलाकारले वर्षमै पाँच सात वटा सम्म खेलेका छन् । सातवटा रिलिज भइसकेको छ अब तीनवटा रिलिज हुने तयारीमा छ । स्क्रिनमा अनुहार देखाउन मात्र हैन साच्चिकै काम गर्न आउनु भएको हो भने चाहि स्वागत पनि हुदोरहेछ भन्ने प्रुभ चाहि मैले पाए । मैले सेलेक्टेड फिल्म गरे यो अवधिमा । म चाहान्छु हलबाट बाहिर निस्कदा दर्शकले कति राम्रो काम गरेको रहेछ भनुन । अबको पाँच छ वर्षपछि मैले सिनेमा खेल्न बन्द गर्छु होला या अफर आउन छोड्छ होला । वा नयाँ जेनेरेशन आउँछ होला । त्यतिबेला उहाँहरुले राम्रो एक्ट्रेस को भन्दा अहिले हामीले गौरी मल्ल, कृष्टि मैनाली भने जस्तै ऋचा शर्मा हो भनेर नाम आओस् भन्ने इच्छा हो ।

टेलिभिजनमा रमाइरहेको व्यक्ति फिल्ममा एक्कासी जम्प किन गरेको ?
म सुरुमा त मिस नेपालमा पार्टिसिपेन्ट भए । सुरुवाती दिनमा त मैले सिरियल खेले । ‘हाउसफुल’ नामक सिरियलमा ऋचा घिमिरे र आर्यन सिग्देल सँग मैले सँगै काम गरेको छु । त्यसपछि इमेज च्यानलमा आबद्ध भएर डेढ वर्ष जति काम गरे । सो मेरो लागि हर काम स्टेप बाइ स्टेप नै भइरहेको पाउछु । टेलिभिजनको दुनियाँमा भइसकेपछि अब के गर्ने त भन्दा अवश्य फिल्म गर्ने भन्ने भयो । जब मान्छेले कुनै एउटा लक्ष्य प्राप्त गरेपछि अर्को चाहना राख्छनी हो त्यस्तै मेरो लाइफमा पनि यस्तै नै भयो भनौ । मैले जति गरे अझ पुगेन यतिले भन्ने भयो अनि म फिल्म पढ्न प्यारिस गए । त्यहाँ मैले फिल्म पढेर फेरि नेपाल मै केही गर्नुपर्छ भनेर आए । यो फिल्डमा मैले के अनुभव गरे भने जति पढे पनि जति गरे पनि अपुग नै हुदोरहेछ ।

अन्य नायिकाको तुलनामा केही फरक गर्न खोज्नुभएको हो ?
फरक त मैले अवश्य पनि गर्न खोजेको हुँ । मेरो अभिनयमा पृथकता भेटिनुको पछाडि मेकरहरुको पनि हात रहेको छ । यस्तो खालको रोल चाहि ऋचाले निभाउन सक्छ भन्ने विश्वास उहाँहरुमा रहेको छ । मैले यति इमेज चाहि बनाए जस्तो लाग्छ । मलाई त यो फिल्मको धारमा पनि विश्वास लाग्दैन । यो धार र उ धार । वास्तवमा भन्ने हो भने अझै हामी कथामा चुकिरहेका छौ । प्रिजेन्टेशनमा कमजोरी छ । यसका बाबजुत पनि केही फरक र राम्रो गर्ने प्रयास त मैले मेरो तर्फबाट गरि नै रहेको छु ।

फिल्म पढेपछि के के कुरा फरक पाउनु भयो ?
फिल्म पढेपछि मैले धेरै कुराको डिफरेन्ट पाए । तपाईको टेक्निकल कुरादेखि लिएर एक्टिङको डेप्थ मैले पढेपछि मात्र थाहा पाए । डाइरेक्टर र एक्टरको जुन ¥यापोड भन्छ, सिनेमा नसकुन्जेल सम्मको सम्बन्ध देखि लिएर जुन प्रोडक्शन भ्यालु हरेक चिज बुझ्न पाए मैले । ‘टलक जंग भर्सेस टुल्के’ खेल्नु अगाडि मैले पढेर आएको त्यहि फरक पाउनु हुन्छ तपाईले । त्यो भन्दा अगाडि गरेको मैले ‘भिजा गर्ल’, ‘लुट’, ‘हाइवे’, ‘फस्र्ट लभ’ भन्दा ‘टुल्के’ मा फरक देख्नुभयो । अब ‘को आफ्नो’ र ‘जंगे’ मा पनि फरक नै देख्न पाउनु हुन्छ । समयक्रम सँगै म मा म्यचुरिटी पनि आयो ।

फिल्म ‘को आफ्नो’ कस्तो चरित्र निभाउनुभएको छ ?
मैले यो फिल्मको स्क्रिप्ट पढ्दा नै एक खालको माइन्ड मेक गरेको थिए । कविन भन्ने पात्रको आमाको भूमिका मैले गरेको छु । दादुराको खतै खत, छ्याकन परेको अनुहार, फरिया चोलीमा त्यो पात्र गर्नु चुनौती नै हो । अझ फिल्म भित्र ऋचा शर्मा नै हो भनेर थाहा नपाउन ग्रामिण परिवेशमा बस्नेले त मैरै कथा बोल्यो यो फिल्मले भन्ने होस् भनेर मैले दात समेत पुरै चेन्ज गरेर खेलेको छु । यो पात्र गर्दा दात हाल्दै निकाल्दै गर्नुपथ्र्यो । मलाई कति दुख्थ्यो । म चाहान्छु हरेक फिल्ममा मैले गर्ने चरित्रले केही विशेष अर्थ राखोस ।

अन्त्यमा ?
मेरो फर्दर प्लानिङ भनेको एक्टिङ स्कुल खोलेर नयाँ जेनेरेशनका व्यक्ति जो कला क्षेत्रमै केही गर्ने सोच राखिरहनु भएको छ उहाँहरुलाई आफूले जानेको कुरा सिकाउने छ । फिल्म क्षेत्रमा पनि सक्रिय रहिरहनेछु । मबाट दर्शकले केही फरक खालको भूमिका चाहेका छन् भने म अवश्य पनि त्यो आगामी दिनमा पनि पुरा गर्दै जानेछु । फागुन ७ गतेबाट ‘को आफ्नो’ रिलिज हुदैछ । आशा छ सबैको साथ मिल्नेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

भर्जिन लोकेशनका लागि जोखिम मोल्यौ : डेव्यू निर्देशक तथा नायिका झरना थापा
मेरो लागि नारायण परालको त्यान्द्रो तर शम्भुजितले मन दुख्ने वचन लगाए : लेखक तथा निर्देशक सुरज सुब्बा नाल्बो
म भोटेनी हुँ, कसैले भोटेनी भन्यो भने रिसाउँदिन : कमली वाइवा
नेपाली फिल्म लुटको नाम धेरै पटक सुनेको छु