कलाकारिताबाट पाएको माया राजनीतिमा लागेर गुमाउन चाहन्न : राजेश हमाल


Filmy Kura, Feb 10, 2016 at 7:19 am

Rajesh Hamal_Filmykuraनेपाली फिल्म क्षेत्रमा २६ वर्ष एकक्षत्र राज गरेका महानायक राजेश हमाल राजनीतिमा जालान् वा नजालान् आम चासोको विषय बनेको छ यतिबेला । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको नयाँ शक्तिमा केही चलचित्रकर्मी गएपछि खैला बैला नै मच्चियो अनि सँगै जोडियो राजेश हमालको नाम । के साच्चै उनी पनि भविष्यमा राजनीतिमा संलग्न होलान् त ?

फिल्मीकुराले महानायक राजेश हमाल सँग यस विषयमा टेलिफोन संवाद गरेको थियो । हामीले उनको पोलिटिकल भ्यू बुझ्ने प्रयास ग¥यौ । यस विषयमा राजेशले प्रष्ट जवाफ भने दिएनन् उनले भने, ‘हेर्नुस् देशको आमुल परिवर्तन भनेको राजनीतिबाट मात्र सम्भव छ । म पनि भविष्यमा चाहि राजनीतिमा लागेर देश सेवा गर्छु भन्ने एक खालको सोच बनाइरहेको छु । तर यत्रो वर्ष कलाकारिता क्षेत्रबाट पाएको माया म देशको वर्तमान राजनीतिलाई हेर्दा यसमा लागेर किन गुमाउनु भनेर आफै भित्र प्रश्न पनि गरिहेको छु ।’

फिल्म क्षेत्रमा आफूले सकुन्जेल काम गरिरहने बताउदै राजेशले आफु यो त्यो दल भन्दानी कतै न कतैबाट समाजमा राम्रो प्रभाव पर्ने किसिमले आउने दिनमा राजनीतिमा जाने संकेत गरेका छन् । तर उनले समय नै किटान गरेर यति वर्ष पछि संलग्न हुन्छु भनेका छैनन् । राजनीतिमा जाँदा वर्षौ कलाकारितामा लागेर पाएको माया गुम्ने डर राजेशलाई छ । हेर्दै जाउ कहिले र कसरी होला राजनीतिमा राजेशको प्रवेश भोलिको दिनले प्रष्ट्याउने नै छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

अनमोलको आठौं फिल्म एन्टी हिरो, २०२० मा रिलिज हुने
कबड्डी कबड्डी कबड्डीको शीर्ष गीत रिलिज, पन्चेबाजाको मिश्रणमा जोडियो र्‍याप
साइनोलाई मिल्दै दर्शक साथ, कस्तो गर्दैछ त व्यापार ?
चलचित्र हजार जुनीसम्मको टाइटल सङ रिलिज, आयुषको स्वरमा गीत बन्यो यस्तो (भिडियो)