तपाईलाई अभिनेता दयाहाङ राईको अभिनय कस्तो लाग्छ ?


Filmy Kura, Feb 11, 2016 at 9:56 am

थिएटरबाट नेपाली फिल्ममा हात हालेका कलाकार दयाहाङ राईलाई पहिलो फिल्मले नै सफलता चखायो । निश्चल बस्नेत निर्देशित ‘लुट’ मा गोफ्लेको भूमिकामा देखिएका दयाहाङका लागि त्यसपछि पछाडि फर्केर हेर्नु परेन । एक पछि अर्को फिल्मको अफर भटाभट आएको देखेर दयाहाङ नै दङ्ग परे । उनले अहिले भने आफूलाई राम्रो अभिनय क्षमता भएको कलाकारका रुपमा परिभाषित गरिसकेका छन् । पछिल्लो समय फिल्म खेल्न मै व्यस्त दयाहाङको अभिनयको पक्षमा हामीले सात नायिका सँग कुरा गरेका छौ । प्रस्तुत छ उनीहरुको जवाफ जस्ताको त्यस्तै ।

Heroin-filmykura

कुशल अभिनय गर्ने कलाकार हुनुहुन्छ । मलाई उहाँको अभिनय एकदमै मनपर्छ । नेपालमा एकदमै राम्रो अभिनय गर्ने कलाकार मध्येमा एकजनामा पर्नुहुन्छ उहाँ । क्यारेक्टर गर्नुभन्दा अघि त्यसका बारे अध्ययन गर्नुहुन्छ । ‘फन्को’ फिल्ममा सँगै काम गरेको थिए मैले नी । उहाँ जहिले पनि के नयाँ दिन सकिन्छ भनेर एकदमै लागि पर्नु हुन्छ । केही न केही नयाँ पन दिन खोज्नुहुन्छ । हरेक मानिसमा कमजोरी हुन्छ । उहाँ फर्केट हुनुहुन्छ भनेर त म भन्दिन । सोसियल साइटहरुमा उहाँ अपडेट हुनुहुन्न । अहिले हरेक न्यूज कै लागि पनि अनलाइन आवश्यक छ । सोसियल साइटमा एक्टिभ भए अझ बेटर होला ।

केकी अधिकारी, नायिका

उहाँले अभिनय गरेको ‘कवड्डी कवड्डी’ हेरेको छु । मेरो भेट भएको छैन दयाहाङ सँग । अभिनय मलाई राम्रो लाग्छ उहाँको । नराम्रो पक्ष त छदै छैन । उहाँ सँग फिल्ममा काम गर्ने इच्छा छ । सुधार गर्नु पर्ने पक्ष त खासै देख्दिन बरु हामीले उहाँबाट धेरे कुरा सिक्न सक्छौ ।

शिल्पा पोखरेल, नायिका

राम्रो छ अभिनय । निकै सरल मान्छे लाग्छ । अरुको जस्तो तडक भडक केही छैन । मिजासिलो हुनुहुन्छ । राम्रो पक्ष भनेको त अभिनय नै हो । नराम्रो चाहि मैले केलाउनै पाएको छैन ।

नम्रता श्रेष्ठ, नायिका

उहाँको अभिनय भन्नै पर्दैन अत्यन्तै उत्कृष्ट । साह्रै राम्रो अभिनय गर्नुहुन्छ । कुनै पनि पात्रलाई न्याय गर्ने मामलामा उहाँ अगाडि हुनुहुन्छ । होला उहाँले अभिनय गरेका केही फिल्म व्यावसायिक रुपमा असफल ठहरिए तर त्यो उहाँको दोष होइन । असफलताको पछाडि त अन्य धेरै कारण छन् । नराम्रो पक्ष त दयाहाङको केही पाउदिन म त ।

निशा अधिकारी, नायिका

दया त अहिलेको हट एन्ड ह्यापनिङ्ग भैहाल्यो । धेरै वर्ष थिएटरको एक्सपिरियन्स भएको । मेरो बुझाइमा चाहि थिएटरका कलाकार एकदमै डेडिकेट भएर लाग्छन् जुन दयाहाङमा हामी पाउन सक्छौ । प्यासन र डेडिकेशन दुवै गुण पाउछु मत । धेरै कलाकार छन् तर कमै क्लिक भएका छन् । दयादाङ त्यो कम भित्र पर्नु हुन्छ । पक्कै पनि मलाई मनपर्ने धेरै कलाकारमा एक उहाँ पनि पर्नुहुन्छ । दया साथी जस्तो पनि सँगै काम पनि गरेको छु। अह..नराम्रो पक्ष त खासै पाउदिन तर अहिले सम्मको फिल्ममा मैले दयालाई उस्तै देखेको छु । क्यारेक्टरलाई लिएर वेट बढाउने घटाउने पनि गरे राम्रो होला सायद ।

ऋचा शर्मा, नायिका

राम्रो लाग्छ अभिनय ।  त्यति धेरै क्लोज छैन उहाँसँग । अभिनयलाई लिएर त केही भन्नै पर्दैन नो डाउट । तर उहाँको डान्स पनि भइदिए सुनमा सुगन्ध हुने थियो । अरु भन्दा केही फरक गर्ने कलाकार हुनुहुन्छ दयाहाङ राई ।

नन्दिता केसी, नायिका

अहिलेको स्टार हुनुहुन्छ । अभिनय मलाई राम्रो लाग्छ । उहाँको बलियो पक्ष भनेको एकदमै न्याचुरल एक्टिङ नै हो । डाइलग डेलिभरिमा टोटल्ली आफ्नो पन छ । एकदमै टिपीकल लाग्छ ।

झरना थापा, नायिका


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

५ अर्बमा ‘नमूना नेपाल’ बनाउने धुर्मुस सुन्तलीको योजना कतिको सम्भव छ ?
अवार्ड कार्यक्रम विदेशमा आयोजना गर्दा त्यसले नेपाली कला क्षेत्रलाई के फाइदा पुग्न सक्छ ?
तिहार पर्वमा पशुपंक्षि तथा जनावरलाई किन पुज्ने गरिएको होला ?
हिट फिल्महरु एक पछि अर्को पाइरेसी भइरहेका छन् यसलाई रोक्न के गर्नुपर्ला ?