तपाई भ्यालेनटाइन्स डे मा सबैभन्दा बढि Miss कसलाई गर्नुहुन्छ ?


Filmy Kura, Feb 11, 2016 at 10:29 am

पछिल्लो समय नेपालमा पनि प्रणय दिवसलाई माया गर्ने जोडीले विशेष महत्व दिएका छन् । यस पटकको भ्यालेनटाइन्स डे मा पनि सबैले आ–आफ्नो योजना बुनेका होलान् । तर हामीले भने आफ्नो माया गर्ने मायालुबाट सम्बन्ध विच्छेद गरी एक्लै बसेका रंगीन दुनियाका सेलिब्रेटी सँग प्रणय दिवसका दिन सबैभन्दा बढि मिस कसलाई गर्नुहुन्छ भनेर सोधेका छौ । प्रस्तुत छ उनीहरुको भनाइ जस्ताको त्यस्तै ।

rekha thapa

एउटा कुरा चाहि जरुर मिस गर्छु । अहिले माया भन्ने कुरा संसारबाट बिस्तारै बिस्तारै लोप हुँदै गइरहेको छ । म व्यक्तिलाई चाहि मिस गर्दिन । मानवमा अहिले हृदयबाट आउने जुन खालको संवेदना छ त्यसमा ह्रास आइरहेको छ । मैले भ्यालेनटाइन स्पेशल भनेर त्यस्तो खास केही पनि मनाउदिन ।

गौरी मल्ल, नायिका

पाँच वर्ष भयो म एक्लै बसेको । मलाई सिनेमा बाहेक अर्को कुनै ध्याउन्नै छैन । मैले अहिले सम्म भ्यालेनटाइन्स डे भनेर खास महत्व नी दिएको छैन र मनाउने पनि गर्दिन । अर्को बिहे गर्ने सोच पनि छैन । त्यस्तो खास किसिमको मिस त कसैलाई गर्दिन ।

छविराज ओझा, निर्माता

मेरो भ्यालेनटाइनले मार्वल विछ्याएको किचनमा आत्महत्या गरेकोले म धेरै मिस त्यो गुलाफको फूलको गर्छु । व्यक्तिलाई भन्दा म त्यहि गुलाफलाई सम्झिन्छु । तर मैले साथ दिने त्यो गुलाफको फूल यो संसारमा छैन ।

श्याम भट्टराई, निर्देशक

म भ्यालेनटाइन्स डे मनाउदिन । विगतमा पनि म सिङ्गल थिए । अहिले पनि म सिङ्गल छु । I don’t have boyfriend. जुन दिन मेरो प्रेमी होला त्यहि दिन मनाउला । न म कसैलाई सम्झिने मान्छे हुँ न सम्झिन छु नै ।

रेखा थापा, नायिका

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

५ अर्बमा ‘नमूना नेपाल’ बनाउने धुर्मुस सुन्तलीको योजना कतिको सम्भव छ ?
अवार्ड कार्यक्रम विदेशमा आयोजना गर्दा त्यसले नेपाली कला क्षेत्रलाई के फाइदा पुग्न सक्छ ?
तिहार पर्वमा पशुपंक्षि तथा जनावरलाई किन पुज्ने गरिएको होला ?
हिट फिल्महरु एक पछि अर्को पाइरेसी भइरहेका छन् यसलाई रोक्न के गर्नुपर्ला ?