क्लासिक हेरेपछि नम्रताले भनिन्, ‘something lacking’


Filmy Kura, Feb 12, 2016 at 7:08 am

IMG_20160212_112705नायिका नम्रता श्रेष्ठले शुक्रबार बिहान ‘क्लासिक’ को पहिलो शो कुमारी हलमा पत्रकार र दर्शकबीच सँगै हेरिन् । हलबाट निस्कदै गर्दा नम्रता सँग फिल्मीकुराले दृष्टिविहीन युवायुवतीको सांगीतिक प्रेम कथा बोकेको आफ्नै फिल्मबाट कस्तो प्रकारको उत्साह बटुल्नु भयो भनेर प्रश्न गर्दा उनले जवाफमा भनिन्, ‘something is lacking, म मेरो कामबाट कहिले सन्तुष्ट हुन सकेको छैन । यो क्यारेक्टरलाई अझै यस्तो गर्न पाएको भए हुन्थ्यो भन्ने लाग्छ ।’

उनले ‘क्लासिक’ बाट नयाँ अनुभव संगालेको बताइन् । ‘मेरो पक्षबाट भन्ने हो भने क्यारेक्टरलाई न्याय गर्न कुनै कसर मैले बाँकी राखेको छैन तर पनि अझ राम्रो गर्न सक्ने धेरै पार्ट देख्छु’ नम्रताले सुनाइन्, ‘दर्शकले यो फिल्मबाट फरक टेष्ट अवश्य लिनुहुनेछ भन्ने लागेको छ ।’

यता ‘क्लासिक’ हिरो आर्यन सिग्देलले भने आफूले आर्टिस्ट भन्दा पनि एज् अ अडियन्स भएर फिल्म हेरेको बताए । उनले भने, ‘मैले अडियन्सका रुपमा कमेन्ट गर्नुपर्दा फिल्म निकै राम्रो लाग्यो । फिल्मको भावमा डुब्दै जाँदा रुन आयो ।’ बिहानी शो हेर्न आएक दर्शकले फिल्मलाई निकै रुचाएको आर्यनको भनाइ छ ।

निर्देशक दिनेश राउतले फिल्म हेरेपछि दर्शकबाट पाएको प्रतिक्रिया सुनाउँदै भने, ‘मलाई त अर्कै संसार पुगेजस्तो लाग्यो । हामीले फिल्म भित्र समावेश गरेको फरक कथा र प्रस्तुतीकरण नै दर्शकलाई हलमा बाँधेर राख्ने हतियार हो । सबैले राम्रो काम गर्नुभएको छ भनी बधाई दिएका छन् ।’

माघ २९ गतेबाट अल नेपाल रिलिजमा आएको फिल्म ‘क्लासिक’ लाई सुवास गिरीले निर्माण गरेका हुन् । फिल्ममा आर्यन, नम्रता सहित शिशीर राणा, रोमी घिमिरे लगायत कलाकारको अभिनय रहेको छ ।

IMG_20160212_113519

फिल्म हेरिसकेपछि सामुहिक फोटो खिचाउँदै ‘क्लासिक’ यूनिट


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

जगदिश तिवारीको हातबाट सीबी माउन्ट फ्रेमको शुभारम्भ, अनुपम ब्राण्ड एम्बेसडर
अनमोलको आठौं फिल्म एन्टी हिरो, २०२० मा रिलिज हुने
कबड्डी कबड्डी कबड्डीको शीर्ष गीत रिलिज, पन्चेबाजाको मिश्रणमा जोडियो र्‍याप
साइनोलाई मिल्दै दर्शक साथ, कस्तो गर्दैछ त व्यापार ?