भ्यालेनटाइनमा हिरोइन अशिष्मा भेटिइन् तोरी बारीमा


Filmy Kura, Feb 14, 2016 at 6:03 am

asisma-saugat_filmykuraआज भ्यालेनटाइन्स डे अर्थात प्रणय दिवस । माया गर्ने जोडीहरु भेटघाट गर्दै आजको दिनलाई अझ विशेष बनाइरहेका छन् । यहि क्रममा नायिका अशिष्मा नकर्मी भने तोरी बारीमा भेटिएकी छिन् । आखिर को हो तोरी बारीमा लाने उनको प्रेमी ? वा उनी किन त्यसरी तोरीबारी गइन त ? प्रश्न उठ्नु स्भाविक हो । लाग्न सक्छ यो दिन माया गर्नेहरुको दिन हो र उनी पनि मायालुसँग विशेष समय व्यतित गर्न तोरी बारी गइन । उनको साथमा भने नायक सौगात मल्ल थिए । कहिले देखि अशिष्मा र सौगात रिलेशनमा रहेछन् भनेर छक्क नपर्नुस् । हामी कुरा गर्दैछौ फिल्मको भित्र समावेश दृश्यको ।
अशिष्माले भनिन्, ‘हामी कलाकार के चाडपर्व के प्रणय दिवस जहिले फिल्मकै लागि लागिपरेका हुन्छौ । दर्शक नै हाम्रा लागि ठुलो कुरा हो ।’ फिल्म ‘संरक्षण’ को सुटिङमा व्यस्त नायक सौगात मल्ल र नायिका अशिष्मा नकर्मीलाई भ्यालेनटाइन्स डे ले खासै छोएको छैन । विरगञ्जमा सुटिङ भइरहेको ‘संरक्षण’ लाई पुर्नेन्दु झाले निर्देशन गरेका हुन् ।

फिल्मको ३५ प्रतिशत सुटिङ सकिएको निर्माता प्रदिप उदयले फिल्मीकुरालाई जानकारी गराएका छन् । ‘संरक्षण’ मा अशिष्मा र सौगातको अलवा निखिल उप्रेती, प्रमोद अग्रहरी, मलिना जोशीको समेत अभिनय रहनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

जगदिश तिवारीको हातबाट सीबी माउन्ट फ्रेमको शुभारम्भ, अनुपम ब्राण्ड एम्बेसडर
अनमोलको आठौं फिल्म एन्टी हिरो, २०२० मा रिलिज हुने
कबड्डी कबड्डी कबड्डीको शीर्ष गीत रिलिज, पन्चेबाजाको मिश्रणमा जोडियो र्‍याप
साइनोलाई मिल्दै दर्शक साथ, कस्तो गर्दैछ त व्यापार ?