अनमोलको अप्शनमा झरनाले देखिन ‘प्रेमगीत’ हिरो प्रदीप


Filmy Kura, Feb 14, 2016 at 6:33 am

jharana-thapa_filmykuraकरिब ४ महिना देखि कुर्दा पनि नायक अनमोल केसीको समय नपाएपछि नायिका झरना थापाले यसको अप्शनमा ‘प्रेमगीत’ हिरो प्रदीप खड्कालाई देखेकी छिन् । झरनाले पहिलो पटक निर्देशन गर्न लागेको फिल्म ‘ए मेरो हजुर २’ को लागि अनमोलको समय पर्खिरहदा अन्तत अब उनले अनमोललाई नलिने पक्का भएको छ ।

फिल्मीकुरासँग टेलिफोन संवाद गर्दै झरनाले भनिन्, ‘हामीले उहाँकै लागि सुटिङ नै सुरु नगरी बस्यौ तर अब उहाँलाई हामीले नलिने निर्णय गरिसक्यौ ।’ माघ महिनाको लागि समय दिने कुरा सुरुमा भएको तर लास्ट आवरमा आएर फागुन २१ रिलिज फिल्म ‘ड्रिम्स’ को पब्लिसिटीमा अनमोल लागेर नभ्याउने भएपछि झरना नयाँ अनुहारमा केन्द्रित भएकी हुन् । झरनाले गुनासो गर्दै भनिन्, ‘फागुन चैतमा समय मिलाएर गरौ न त भन्दा ड्रिम्सको बाहिरी देश शो गर्ने सिलसिलामा अनमोल बिजी हुने कारण देखाइयो अब भने हामी उहालाई कुर्दैनौ ।’

उनले हाल दर्शकबाट अत्याधिक माया बटुलेको फिल्म ‘प्रेमगीत’ को हिरो प्रदीप खड्का अनमोलको अप्शनमा देखेकी छिन तर उनले प्रदीपलाई लिने बारेमा कुनै डिसिजन गरि नसकेको बताइन । भनिन्, ‘प्रेमगीत फिल्म हेरे । प्रदीपको अभिनय मलाई राम्रो लाग्यो । मैले निर्देशन गर्ने फिल्ममा यस्तै नयाँ फ्रेश अनुहार चाहिएको हो । अझै म खोजि मै छु त्यो अनुहारको ।’  उनले बैशाख भित्र जसरी पनि सुटिङ सुरु गर्ने र कलाकार पनि छिट्टै फाइनल गर्ने बताएकी छिन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

चलचित्र कोपीलाको इन्डक्ल्याप, निर्मला पन्तको कथा पर्दामा
गरुड पुराण नायिकालाई नाम चेन्ज गर्न सुझाव (भिडियो सहित)
प्रेमलीला रिलिज पोेष्टपोन्ड, कारण यस्तो
गोपीको नयाँ गीत रिलिज, विप्लवको रचनामा शिवको स्वर (भिडियो)