‘क्लासिक’ राम्रो कि ‘प्रेम गीत’ ??


Filmy Kura, Feb 15, 2016 at 9:09 am

classic&premgitप्रणय दिवसलाई लक्षित गर्दै माघ २९ गतेबाट तीन नेपाली कथानक चलचित्र ‘क्लासिक’, ‘प्रेमगीत’ र ‘चलेछ बतास सुस्तरी’ प्रदर्शनमा आए । यी मध्ये ‘चलेछ बतास सुस्तरी’ को व्यापार दुई दिनमै सुस्तायो भने ‘क्लासिक’ र ‘प्रेमगीत’ बीच कडा प्रतिस्पर्धा भएको पाइयो । हामीले शनिबार, आइतबार र सोमबार काठमाण्डौंका बीग मुभिज, गोपीकृष्ण, जय नेपाल र अष्टनारायण हलमा यी दुई फिल्मको दर्शक प्रतिक्रिया बुझेका थियौ । प्रस्तुत उनीहरुको भनाइ जस्ताको त्यस्तै ।

क्लासिक फिल्म हेरे । नम्रताको अभिनयले मेरो मन छोयो । फिल्म हेर्दा हेर्दै म रोए । समग्रमा फिल्म राम्रो बनेको छ । आकाश त्रिपाठी, बाइपास

क्लासिक हेरेको मैले त खासै इन्जोए गरिन । पहिला नोभेम्बर रेनको जस्तो गीत संगीत पनि सबल पाइन । फिल्म भनेको त मनोरञ्जन पो दिने हो त त्यहा त रुवाउछ मात्र । गोविन्द खड्का, नेपालटार

मलाई फिल्म दुवै हेर्न मन थियो तर प्रेम दिवस परेकाले प्रेमगीत हेरे । आहा कति राम्रो गीत संगीत । इट्स् अ कलरफुल मुभि । राम्रो छ फिल्म मलाई मन प¥यो । संगीता लामा, रातोपुल

फिल्म भनेको प्रेमगीत जस्तो हुनुपर्छ तर अन्तिममा दुवै मर्दारहेछन् खल्लो लाग्यो सकिनेबेला चाहि । जीवन दाहाल, विशालनगर

मैले शुक्रबार क्लासिक हेरेको आज शनिबार प्रेमगीत हेरे दुवै फिल्म प्रेम कथामा भएपनि विषय सन्दर्भ फरक छ । प्रेमगीत भन्दा क्लासिक माथि राख्छु म त । सिर्जना बस्नेत, चावहिल

आर्यनको ओभर एक्टिङ छ । गीत संगीत चाहि फित्तलो लाग्यो । पहिला प्रियंका छ भन्ने थाहा थिएन । फिल्म हेर्दा त नम्रता आउनुपर्ने कसरी प्रियंका आयो भन्ने भयो मलाई त । बबिता बुढाथोकी, बागबजार

मलाई नयाँ हिरो प्रदीप खड्काको अभिनय खुब राम्रो लाग्यो । फिल्म भित्र रिस उठ्दा काम नबन्दा नाचेको हा हा । दामी छ फिल्म । मेनुका श्रेष्ठ, चुच्चेपाटी

मैले प्रेम गीत हेरे । सिन एकदमै राम्रो । खोट लगाउने ठाँउ छैन । दामोदर पाण्डे, बालाजु

दुई घण्टा बिताउन उकुस मुकुस भयो । क्लासिकमा उठाएको विषय मलाई मन परेन । न फाइट छ न हसाउने पाटो नै । दिलीप लामा, सोह्रखुट्टे

प्रेमगीत फिल्म त राम्रो हो तर हिरोइन अली ओभर स्मार्ट भएर खेलेको जस्तो देखे । त्यो क्यारेक्टर नै त्यस्तो होकी हिरोइन त्यस्तो हो खै के भन्ने । तर अन्तिममा रुवाउदो रहेछ । मलाई मर्दा खेरी कस्तो नराम्रो लाग्यो । मिलन भएको भए नी हुन्थ्यो जस्तो लाग्यो । विपना मैनाली, कमलपोखरी

सुदर्शन थापाको मेरो एउटा साथी छ पछि तारिफ गर्न लायक फिल्म हो प्रेमगीत । म यस्तो गीत गाउछु भन्ने गीत खुब मनपरेको छ । यसले गर्दा नी फिल्म हेरु हेरु लाग्यो । सन्तोष गुरुङ, गौशला

क्लासिकमा त दृष्टिविहीनको कथा रहेछ । कस्तो बोर लाग्यो नी । पहिलो हाफ काट्नै गाह्रो भएको थियो तर दोस्रो भाग चाहि मन छुने छ । स्मृति दुलाल, नयाँ वसपार्क

प्रियंका र आर्यनको अभिनय ठिकै हो नम्रताको चाहि केही विशेष नै लाग्यो । साच्चिकै दृष्टिविहीन जस्तो । उज्वल थापा, पुतलीसडक

क्लासिक फिल्म राम्रो रहेछ । निर्देशक दिनेश राउतलाई मान्ने पर्छ । फरक विषय तर राम्रो र मन छुने प्रस्तुती । आइ लभ क्लासिक फिल्म । धुव्र न्यौपाने, मित्रनगर

प्रेमगीत हेरेको नयाँ हिरोको लुक्स अनि अभिनय बोल्ड लाग्यो । उहाँको अरु फिल्म पनि हेर्न पाइयोस । कञ्चन शाही, रातोपुल

प्रेमगीतमा हसाउदा हसाउदै रुवाउदो रहेछ । मेरो त मन थामिएन आशु नै आयो । इश्वर ओझा, कोटेश्वर

समय सापेक्ष छ प्रेमगीत । म त यहि आग्रह गर्छु । प्रेम गरौ तर नमरौ । कमला थापा, लैनचौर

साह्रै राम्रो छ क्लासिक । म आर्यनको फ्यान हुँ । उहाँको कुनै फिल्म छुटाउने गरेको छैन । देवकी पौडेल, चावहिल

क्लासिक नराम्रोको त भन्न मिल्दैन तर इन्जोए चाहि खासै गरिएन । विक्रम दवाडी, रातोपुल

जे होस् यी दुवै फिल्मले दर्शकबाट मिश्रित प्रतिक्रिया पाएको छ । राम्रो पछाडि नराम्रो हुन्छ भने झै दर्शकलाई जस्तो लाग्यो त्यस्तै भनेका छन् । सोमबार पनि फिल्म हेर्न आउने दर्शकको संख्या बाक्लै थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

चलचित्र कोपीलाको इन्डक्ल्याप, निर्मला पन्तको कथा पर्दामा
गरुड पुराण नायिकालाई नाम चेन्ज गर्न सुझाव (भिडियो सहित)
प्रेमलीला रिलिज पोेष्टपोन्ड, कारण यस्तो
गोपीको नयाँ गीत रिलिज, विप्लवको रचनामा शिवको स्वर (भिडियो)