फ्रेस अनुहार लिएर ‘चपली हाइट २’ निर्माण घोषणा, किन मोले दिपेन्द्रले यस्तो चुनौती


Filmy Kura, Feb 16, 2016 at 6:13 am

‘पशुपति प्रसाद’ निर्देशक दिपेन्द्र के खनालले फ्रेस अनुहार लिएर ‘चपली हाइट २’ निर्माणको घोषणा गरेका छन । अझै केही हलमा दोस्रो साता ‘पशुपति प्रसाद’ चलिरहदा उनले मोडल तथा भिजे आयुष्मान देशराज जोशी, मोडल मरिष्का पोखरेल र परमीता आर.एल रानालाई प्रमुख भुमिकामा लिएर चपली हाइटको सिक्वेल बनाउने भएका हुन् ।

राम्रो फिल्म दिने निर्देशकको सुचिमा अटाइ सकेका दिपेन्द्रले यस पटक भने फ्रेस अनुहार लिएर चुनौती मोलेका छन् । पत्रकारको जिज्ञासामा उनले यो फिल्म पहिलेको सिक्वेल जस्तो यौन मनोविज्ञानमा केन्द्रित नहुने बताएका छन् । रोमान्टिक थ्रिलर फिल्म बनाउने कोसिस रहन्छ उनले भने, ‘पशुपति प्रसादको कथा एउटा समाजको थियो भने यो अर्को समाजको अलि फरक कथा हो । जहाँ जेनेरेशन ग्यापबाट आउने सकारात्मक तथा नकारात्मक दुवै पाटोका सन्दर्भ जोडिने छ ।’

aayusman-parmita-mariska
(फिल्मको पोस्टर अनावरण गर्दै तीन नवकलाकार आयुष्मान, मरिष्का र परमीता)

फ्रेस अनुहार लिएर काम गर्नु उनको लागि आफैमा चुनौती छ कारण अब जो सँग काम गरेनी ‘पशुपति प्रसाद’ ले उनलाई राम्रो फिल्म दिने निर्देशकका रुपमा चिनाएको छ । उनले फिल्मको विषयवस्तु त्यस्तै भएकाले फ्रेस अनुहार लिएको बताउदै उनीहरुलाई सुहाउने क्यारेक्टर कस्तो हुन्छ ब्याक साइडमा रहेर अध्यन गरिरहेको बताए ।

पत्रकार भेटघाटमा बोल्दै तीनै जना नव कलाकारले यो टिमसँग काम गर्न पाएकोमा खुसी व्यक्त गर्दै आफुहरुले जति सक्दो राम्रो काम गर्ने बताएका छन् । अर्जुन कुमार र राजधानी मिडियाको प्रस्तुती ‘चपली हाइट २’ मा अर्जुन कुमारको लगानी रहनेछ । फिल्ममा शान बस्नेतको पटकथा तथा संवाद रहेको छ भने दीर्घ खड्काले सम्पादनको पाटो सम्हाल्ने छन ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

जगदिश तिवारीको हातबाट सीबी माउन्ट फ्रेमको शुभारम्भ, अनुपम ब्राण्ड एम्बेसडर
अनमोलको आठौं फिल्म एन्टी हिरो, २०२० मा रिलिज हुने
कबड्डी कबड्डी कबड्डीको शीर्ष गीत रिलिज, पन्चेबाजाको मिश्रणमा जोडियो र्‍याप
साइनोलाई मिल्दै दर्शक साथ, कस्तो गर्दैछ त व्यापार ?