अनमोलले खोले मिडिया पिपुल सँग कनेक्ट हुन नसक्नुको रहस्य, जुन नम्बर यूज गर्दानी केटीको हैरानी


Filmy Kura, Feb 16, 2016 at 3:00 pm

anamol-kc_filmykuraक्यूट हिरो अनमोल केसीले मिडिया पिपुल सँग आफु डाइरेक्ट कनेक्ट हुन नसक्नुको रहस्य खोलेका छन् । यति धेरै क्रेज भएका हिरोलाई टिभीको कार्यक्रममा बोलाउन समेत बुबा भुवन केसीको सहारा लिनुपर्ने भएपछि यसको रहस्य के हो भनि फिल्मीकुराले पत्ता लगाएको छ ।

हो तपाईको क्रेज अवश्य छ तर तपाईको मिडिया पिपुल सँग किन डाइरेक्ट कनेक्शन हुन नसकेको भनेर फिल्मीकुराले प्रश्न गर्दा अनमोलले भने, ‘मलाई पनि मिडियामा आउन मन लाग्छ । अन्तर्वार्ता दिन मन लाग्छ । मैले अहिले महिनामा ५ देखि ६ वटा सम्म मोबाइल नम्बर चेन्ज गर्नुपर्ने स्थिति आयो । जुन नम्बर लिए पनि केटीको फोन आएर हैरान हुन्छ ।’

उनले नम्बर चेन्जबाट पर्न गएको असुविधाको लागि सरी भन्दै अत्याधिक मात्रामा केटीको फोन आउने प्रमुख कारणले नै पत्रकार तथा सञ्चारकर्मीसँग प्रत्यक्ष संवाद गर्ने माध्यम टुट्न गएको बताए । उनी अभिनित फिल्म ‘ड्रिम्स’ को आज अडियो भिडियो लन्च कार्यक्रममा फिल्मीकुराले राखेको प्रश्नको सामना गर्दै अनमोलले सो जवाफ दिएका हुन ।

हुन त भुवन र अनमोल सँगै बस्छन तर अनमोलले एउटै घरमा बस्ने भएपनि आफ्नो छुट्टै सेपरेट फ्ल्याट  भएकोले गर्दा बुबालाई समेत समय दिन नसकेको बताए । पछिल्लो समय मिडियामा अनमोलको खोजी हुँदा भुवनलाई फोन लगाउनु पर्ने हुन्छ । भुवनलाई अनमोलको नम्बर माग्यो भने उनले दिने जवाफ म आफै छोराको टाइम मिलाएर कल गर्छुनी भन्ने हुन्छ तर त्यो कल कहिले आउने पत्तो हुन्न । यसले गर्दा ‘ड्रिम्स’ पब्लिसिटीमा समेत असर पर्न गएको देखिन्छ ।

भुवन केसीले पहिलो पटक निर्देशन गरेको फिल्म ‘ड्रिम्स’ मा अनमोल केसी, साम्राज्ञी शाह र सन्ध्या केसीको प्रमुख भुमिका रहेको छ । फागुन २१ रिलिज फिल्मको अडियो भने ढिला रिलिज गरिदा यसका गीत संगीत जनजिब्रोमा झुन्डिने चान्सेस् एकदम कम छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

चलचित्र कोपीलाको इन्डक्ल्याप, निर्मला पन्तको कथा पर्दामा
गरुड पुराण नायिकालाई नाम चेन्ज गर्न सुझाव (भिडियो सहित)
प्रेमलीला रिलिज पोेष्टपोन्ड, कारण यस्तो
गोपीको नयाँ गीत रिलिज, विप्लवको रचनामा शिवको स्वर (भिडियो)