सोल्जरमा रियल खेलाडी, पत्रकारले सेलिब्रेटी खोज्दा फिल्म प¥यो ओझेलमा


Filmy Kura, Feb 17, 2016 at 1:47 pm

फागुन ७ रिलिज फिल्म ‘द सोल्जरमा’ रियल खेलाडी राजेन्द्र चौधरीले अभिनय गरेका छन् । उनी उसुका राष्ट्रिय खेलाडी समेत हुन् । विगत २० वर्षदेखि खेलकुद क्षेत्रमा सक्रिय राजेन्द्रको प्रमुख भूमिका रहेको सोल्जरलाई बि.एस. बलामीले निर्देशन गरेका हुन ।

फिल्म रिलिजको पूर्व सन्ध्यामा गरिएको पत्रकार भेटघाट कार्यक्रममा गुनासो गर्दै निर्देशक बलामीले भने, ‘पत्रकारले खाली फिल्ममा सेलिबे्रटी मात्र खोज्न थाले । यो फिल्ममा त्यो प्रकारका कलाकार नहुदा ओझेलमा पर्न गयो । ६ वर्ष पहिले तयार भएको फिल्म बल्ल तल्ल रिलिज हुदैछ ।’

यतिमात्र होइन उनले चलचित्र सेन्सर बोर्ड प्रति आपत्ति जनाउदै बारम्बार सोल्जर फिल्मलाई झमेलामा पारेको तर्क गरे । हिन्दी फिल्ममा नाङ्गै देखिने सिन पनि काट्न आनाकानी गर्ने सेन्सरले सोल्जरमा समावेश केही संवाद तथा दृश्य अनावश्यक रुपमा काट्न लगाएको उनको भनाइ छ । सेन्सर प्रति जङ्गीदै उनले भने, ‘कमजोर ज्ञान भएका व्यक्ति सेन्सरमा पुगेका रहेछन् । यसैले गर्दा पनि नेपाली फिल्मको स्तर माथि उठ्न नसकेको हो ।’

rajendra-chaudhari-filmykuraफिल्ममा भएकी एउटी हिरोइन जेनिशा केसी पनि कार्यक्रममा उपस्थित नहुदा फिल्म निर्माण यूनिट आक्रोशित देखिन्थ्यो । यता पहिलो पटक लिड रोलमा देखिएका राजेन्द्रले भने यसमा हलिउड स्टाइलको रियल फाइट दर्शकले हेर्न सक्ने बताए । फिल्मले वन्यजन्तु संरक्षण गर्नुपर्छ भन्ने मूल भावलाई समेटेको छ । राजेन्द्र र जेनिशा सहित सुनिल थापा, सुवास मेचे लगायतका कलाकारको ‘द सोल्जर’ मा अभिनय रहेको छ ।

(तस्बिरमा उसु खेलाडि राजेन्द्र चौधरी र निर्देशक बि.एस. बलामी)

उसु खेलाडी राजेन्द्रको ब्याकराउण्ड
पर्सा जिल्लामा जन्मिएका राजेन्द्र सानै देखि खेलकुदमा सक्रिय थिए । खेलाडी बन्ने सोचले १५ वर्षको उमेरमा काठमाडौ आए । महिनाको ५० रुपैया फि तिरेर तालिम लिएको अझपनि सम्झिन्छन् उनी । यहि खेलकुद क्षेत्रमा उनले २० वर्ष बिताइ सकेका छन् । उसुको पाँच पटक नेशनल च्याम्प भइसकेका उनले थुप्रै मेडलहरु जितेका छन् । हाल जोरपाटीमा उसु प्रशिक्षण केन्द्र सञ्चालन गरिरहेका राजेन्द्रलाई भने फिल्म लाइनमा भित्राउने द्धन्द्ध निर्देशक राजेन्द्र खड्की हुन । फिल्ममा फाइट तथा स्टन्ट गर्नुपर्दा खड्कीले उनलाई भन्थे । यसरी संगत बढ्दै जादा बि.एस. बलामी सँग जोडिएका राजेन्द्रले उनको पनि असिस्टेन्स भएर काम गरे । अहिले भने सोही राजेन्द्र ‘द सोल्जर’ मा प्रमुख भूमिकामा देखिएका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

पल-पूजाको म यस्तो गीत गाउँछु २ ट्रेलर रिलिज (भिडियो)
कमेडी च्याम्पियन टोली देखि भुवन झरनाको नजरमा लभ डायरिज कस्तो ?
सेल्फी किङ्गको भव्य प्रिमियर, फिल्मलाई मिश्रित प्रतिक्रिया (भिडियो सहित)
प्रतिक्षित फिल्म प्रेमगीत ३ को गीत रिलिज, प्रदीप-क्रिष्टिनाको फरक अवतार