‘वीर विक्रम’ को हङकङमा प्रिमियर हुने, फस्ट लुक्समा क्यारेक्टर देखिए यस्ता


Filmy Kura, Feb 21, 2016 at 1:56 pm

birbikram posterbirbikram posterbirbikram posterc223b5a6-4454-4487-bc04-4660c1ec06ae

मिलन चाम्स निर्देशित फिल्म ‘वीर विक्रम’ को २८ मार्चमा हङकङमा भव्य प्रिमियर गरिने भएको छ । उता प्रिमियरको मिति तय हुँदा फिल्मको फस्ट लुक्स सार्वजनिक गरिएको छ । कलाकार दयाहाङ राई, अर्पण थापा, अनुप विक्रम शाही, दिया पुनको छुट्टा छुट्टै क्यारेक्टर पोष्टर रिलिज गरिएको हो ।

यस अघि ‘हँसिया’ फिल्म बनाएर एकाएक चर्चामा आएका चाम्सले नेपाली परिवेशमा फिल्म निर्माण गर्दै विदेश प्रिमियर गराएर नेपालको कला संस्कृतिलाई माथि उठाउने प्रयास गरिरहेका छन् । यस पटक उनले दयाहाङलाई लिएर काम गरेका छन् । सफल म्युजिक भिडियो निर्देशकका रुपमा समेत आफ्नो छवि बनाएका चाम्सलाई यो फिल्मले कतिको सफतला दिने हो हेर्न बाँकी छ ।

‘वीर विक्रम’ फिल्मका लेखक यम थापा हुन् भने यसमा संगीत ताराप्रकाश लिम्बु, द्धन्द्ध सम्राट बस्नेत, छायांकन राजकुमार केसी, कोरियोग्राफी रेनशा वान्तवा राईको रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

पल-पूजाको म यस्तो गीत गाउँछु २ ट्रेलर रिलिज (भिडियो)
कमेडी च्याम्पियन टोली देखि भुवन झरनाको नजरमा लभ डायरिज कस्तो ?
सेल्फी किङ्गको भव्य प्रिमियर, फिल्मलाई मिश्रित प्रतिक्रिया (भिडियो सहित)
प्रतिक्षित फिल्म प्रेमगीत ३ को गीत रिलिज, प्रदीप-क्रिष्टिनाको फरक अवतार