दर्शक बिहीन तीन फिल्म


Filmy Kura, Feb 21, 2016 at 2:46 pm

faagu-soldier-ko-aafno

फागुन ७ देखि प्रदर्शनमा आएका भिन्न कथा बोल्ने तीन नेपाली फिल्म ‘फागु’, ‘द सोल्जर’ र ‘को आफ्नो’ ले आइतबार सम्म खास दर्शक बटुल्न सकेका छैनन् ।

प्रजातन्त्र दिवसको दिन प्रदर्शनमा आएका यी तीनै फिल्मको कुनै आक्रामक ओपनिङ नभएपछि कतिपय हलमा त फिल्म उतारेर ‘पशुपति प्रसाद’ र ‘क्लासिक’ नै रिलिज गरिएको छ ।

‘को आफ्नो’ ले दर्शकलाई आफ्नो बनाउन नसकेको फिल्मीकुराको समिक्षा छ । फरक भूमिकामा देखिएकी ऋचालाई यो पटक दर्शकले न खोजी गरे न फिल्म नै हेरेर साथ दिए । बिडम्बना नै मान्नुपर्छ शुक्रबार नै यो फिल्म केही मल्टिप्लेक्स हलबाट उतारियो । यता काठमाडौंमा मात्र प्रदर्शन आरम्भ गरेको ‘द सोल्जर’ पनि सेलाएर गयो । न नायिका जेनिशा केसीको चार्म न चिनिने नायक । यसको प्रत्यक्ष घाटा फिल्मलाई प¥यो । यस्तै हालत भन्दा केही माथि तर अपेक्षित दर्शक बटुल्न नसकेको ‘फागु’ ले पनि कलर छर्न नसेको देखिन्छ । फागु इज द कलर अफ लाइफ स्लोगनले नी कुनै लछारपाटो लगाउन सकेन । तराईको बोर्डर समस्यालाई मुख्य रुपमा उठाउन गरेको सम्झना रौनियार निर्देशित यो फिल्ममा शिल्पा पोखरेल र सुवास पराजुलीको प्रमुख भूमिका रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

चलचित्र कोपीलाको इन्डक्ल्याप, निर्मला पन्तको कथा पर्दामा
गरुड पुराण नायिकालाई नाम चेन्ज गर्न सुझाव (भिडियो सहित)
प्रेमलीला रिलिज पोेष्टपोन्ड, कारण यस्तो
गोपीको नयाँ गीत रिलिज, विप्लवको रचनामा शिवको स्वर (भिडियो)