वर्कसप मै देखियो मिहेनत, कस्तो बन्ला फिल्म ?


Filmy Kura, Feb 25, 2016 at 12:35 pm

अचेल कान्तिपुर टेलिभिजनका भिजे आयुष्मान देशराज श्रेष्ठ कुरिनटारमा भेटिन्छन् । उनको साथमा दुई नव नायिका मरिस्का पोखरेल र परमीता शाह पनि सँगै हुन्छन् । निर्देशक दीपेन्द्र के खनाल उनीहरुलाई पात्र र त्यस पात्रले गर्ने विभिन्न क्रियाकलाप के हुन्छ भनेर बुझाउन मै व्यस्त देखिन्छन् ।

chapali-in1
कुरा ‘चपली हाइट २’ को लागि जारी वर्कसपको हो । नयाँ अनुहार लिएर निर्माण गर्न लागिएको फिल्मको यतिबेला स्क्रिप्ट अनुरुप पात्रले गर्ने व्यवहार र चालचलन कस्तो हुने भन्नेमा वर्कसप भइरहेको छ । नव कलाकार भएकाले सबैजना जोश जागरका साथ मिहेनत गरिरहेका छन भने सफल फिल्म दिने लिस्ट भित्र अटाएका दीपेन्द्र के कसरी हुन्छ राम्रो प्रस्तुती दिनु पर्छ भनेर खटिरहेका छन् ।

chapali-in2
फिल्म कस्तो बन्ने हो अहिले नै यसै भन्न सकिन्न तर यो खालको मिहेनत हेर्दा ‘चलपी हाइट २’ ले आफ्नो छुट्टै हाइट क्रिएट गर्न सक्छ भन्ने अड्कल काट्न सकिन्छ । फिल्मका निर्माता अर्जुन कुमार हुन उनी पनि वर्कसपमा कलाकारले देखाएको सक्रियताबाट उत्साहित छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

जगदिश तिवारीको हातबाट सीबी माउन्ट फ्रेमको शुभारम्भ, अनुपम ब्राण्ड एम्बेसडर
अनमोलको आठौं फिल्म एन्टी हिरो, २०२० मा रिलिज हुने
कबड्डी कबड्डी कबड्डीको शीर्ष गीत रिलिज, पन्चेबाजाको मिश्रणमा जोडियो र्‍याप
साइनोलाई मिल्दै दर्शक साथ, कस्तो गर्दैछ त व्यापार ?