राहदानी, चलेपछि रोकिएला त म्यानपावरको मनोमानी ?


Filmy Kura, Feb 25, 2016 at 1:39 pm

बाध्यता र विवशताले अझै पनि खाडी मुलुक गएर पसिना चुहाउने नेपाली धेरै छन् । यो बीचमा खाडी मुलक जान चाहाने नेपालीलाई नेपाल सरकारले फ्रि भिसा र टिकटको व्यवस्था लागु गरेको भनिए पनि अझै केही म्यानपावरले लागत शुल्क बापत लाखौँ रुपैया उठाउने गरेका छन् । यहि यथार्थलाई चैत १२ गते रिलिज फिल्मले आफ्नो मुख्य विषय बनाएको छ । वैदेशिक रोजगारीका लागि जाँदा आइपर्ने उल्झनहरुलाई फिल्म ‘राहदानी’ ले पर्दा मार्फत दर्शकलाई सचेत त गराउने छ तर के यी म्यानपावर सञ्चालकको मनोमानीलाई पनि फिल्मले केही हद सम्म नियन्त्रण गर्न सक्ला ?

rahadaani

फिल्मले समस्याको समाधान त गर्ने होइन तर यो विषय यस्तै प्रवृतिको भएकाले हाल सञ्चालनमा रहेका धेरै म्यानपावरहरुमा सरकारले आखा नलगाउने हो भने दिन प्रतिदिन नेपाली ठगीने क्रम जारी नै रहिरहनेछ । आम नेपालीको मर्म बुझ्न सक्ने खालको फिल्म ‘राहदानी’ बनेको होला भनेर यतिबेला अनुमान गरिएको छ । कला र साहित्य सिर्जना मार्फत दुःख र उल्झन बिसाउने चौतारीको रुपमा फिल्म ‘राहदानी’ लाई लिइ रहदा नेपाल सरकारबाट यस्ता चलचित्र प्रति सहयोग हुनु आवश्यक छ । सेवा भावले खोलिएका थुप्रै म्यानपावरबाट पछिल्लो समय ठगीको काम भइरहेकोले यसप्रति सजग र सचेत रहन समेत फिल्मले भूमिका खेल्न सक्ने देखिन्छ ।

यस फिल्मका लेखक तथा निर्देशक रंग पत्रकार डब्बु क्षेत्री हुन् । दयाहाङ राई, अशोक रिजाल, नविन लम्साल, सिर्जना सुब्बा आदि कलाकारको ‘राहदानी’ मा अभिनय रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

चलचित्र कोपीलाको इन्डक्ल्याप, निर्मला पन्तको कथा पर्दामा
गरुड पुराण नायिकालाई नाम चेन्ज गर्न सुझाव (भिडियो सहित)
प्रेमलीला रिलिज पोेष्टपोन्ड, कारण यस्तो
गोपीको नयाँ गीत रिलिज, विप्लवको रचनामा शिवको स्वर (भिडियो)