सहरमा खुर्पा, तर गर्न सकेन आक्रामक प्रहार


Filmy Kura, Feb 26, 2016 at 12:49 pm

khurpaआज शुक्रबार देखि एकल प्रदर्शनको मौका पाएको फिल्म ‘खुर्पा’ ले कुनै खास प्रकारको आक्रामक ओपनिङ गर्न सकेन । फागुन ७ का फिल्म उत्रिसक्दा कतिपय हलमा माघ २९ कै ‘क्लासिक’ र ‘प्रेमगीत’ ले रजाइ गरिरहेका छन् ।

यद्धपि आज ‘खुर्पा’ सँगै ‘च्याम्पियन’ रिलिज तय भएको थियो तर सेन्सर विवादले उक्त फिल्म रोकिएपछि चिठ्ठा पाएको ‘खुर्पा’ को प्रहार धार नभएको भुत्ते जस्तो भएको छ । नारी प्रधान यस फिल्मले हलमा दर्शकको उल्लासमय चहलपहल बटुल्न सकेन । किशोर सुब्बा निर्देशित ‘खुर्पा’ मा सविन श्रेष्ठ, रोशन श्रेष्ठ, सुष्मा अधिकारी, सिमान्त उदास आदि कलाकारको अभिनय रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

चलचित्र कोपीलाको इन्डक्ल्याप, निर्मला पन्तको कथा पर्दामा
गरुड पुराण नायिकालाई नाम चेन्ज गर्न सुझाव (भिडियो सहित)
प्रेमलीला रिलिज पोेष्टपोन्ड, कारण यस्तो
गोपीको नयाँ गीत रिलिज, विप्लवको रचनामा शिवको स्वर (भिडियो)