५ दिनमा २६ हजारले हेरे रेखाको पाउजु


Filmy Kura, Feb 26, 2016 at 2:41 pm

rekhaअभिनेत्री रेखा थापा निर्मित फिल्म ‘रामप्यारी’ को ‘छम् छम्ती पाउजुहरु’ बोलको गीत ५ दिनमा २६ हजार भन्दा बढीले हेरेका छन् । भिडियोमा रेखा थापा र नवनायक आभाष अधिकारी फिचर भएका छन् ।

थानेश्वर गौतम र माण्डवी त्रिपाठीको संयुक्त स्वरमा सजिएको यस गीतमा संगीत स्वयं थानेश्वरले दिएका छन् । यसरी रेखा र आभाषलाई छम्छम् नचाउने काम रामजी लामीछानेले गरेका हुन् । ‘रामप्यारी’ कै ‘अर्को जुनी’ बोलको गीतको मात्र यूट्युव भ्यूअर्स १ लाख ७६ हजार बढी रहेका छन् । शिव ढकालले खिचेको ‘रामप्यारी’ का निर्देशक सविर श्रेष्ठ हुन् । चैत्र २६ गतेदेखि देशभरका हलहरुमा यो फिल्म रिलिज हुदैछ ।

हेर्नुहोस् भिडियो


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

चलचित्र कोपीलाको इन्डक्ल्याप, निर्मला पन्तको कथा पर्दामा
गरुड पुराण नायिकालाई नाम चेन्ज गर्न सुझाव (भिडियो सहित)
प्रेमलीला रिलिज पोेष्टपोन्ड, कारण यस्तो
गोपीको नयाँ गीत रिलिज, विप्लवको रचनामा शिवको स्वर (भिडियो)