जासुसी प्रियंकाको आज जन्मदिन, हाउ फन्नीले काट्यो केक


Filmy Kura, Feb 27, 2016 at 2:06 pm

priyanka-birthdayनायिका प्रियंका कार्की आजबाट २९ वर्ष लागेकी छिन् । जन्मदिनको अवसरमा उनि अभिनित फिल्म ‘हाउ फन्नी’ टिमले पत्रकार सम्मेलन गर्दै फिल्मको ट्रेलर र गीत सँगै केक काटेर नायिका कार्कीलाई विस गरेको छ ।

प्रियंका विशेषतः ब्युटी प्याजन्ट हुदै मोडलिङ र फिल्म क्षेत्रमा आएकी हुन् । २००५ को मिस टिन बिजेता उनी प्रशन्न पौडेल निर्देशित ‘मेरो बेस्ट फ्रेन्ड’ फिल्मबाट रजतपटमा डेब्यू गरेकी हुन् । थुप्रै फिल्ममा अभिनय गरेकी उनि पछिल्लो समयकी व्यस्त नायिकामा पर्छिन् । तर उनको हालसम्मको कुनै पनि फिल्म सुपर डुपर हिट हुन सकेको छैन ।

‘हाउ फन्नी’ फिल्ममा जासुसीको रोल गरेकी प्रियंकाले नौलो अनुभव संगालेको बताइन । भनिन्, ‘अहिले सम्मको फरक रोल निभाएको छु । यो टिममा काम गर्न पाएकोमा एकदम खुसी छु’ ।

माल्भिका सुब्बाले निर्माण गरेको यस फिल्ममा प्रियंका सहित दयाहाङ राई, केकी अधिकारी र अनुपविक्रम शाहीको प्रमुख भूमिका रहेको छ । फिल्म आगामी बैशाख १० देखि प्रदर्शनमा आउनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

चलचित्र कोपीलाको इन्डक्ल्याप, निर्मला पन्तको कथा पर्दामा
गरुड पुराण नायिकालाई नाम चेन्ज गर्न सुझाव (भिडियो सहित)
प्रेमलीला रिलिज पोेष्टपोन्ड, कारण यस्तो
गोपीको नयाँ गीत रिलिज, विप्लवको रचनामा शिवको स्वर (भिडियो)