बैशाखमा माल्भिकाको जन्मिदैछ दुईवटा बच्चा


Filmy Kura, Feb 27, 2016 at 2:35 pm

malvika-subbaपूर्व मिस नेपाल तथा फिल्म ‘हाउ फन्नी’ की कार्यकारी निर्माता माल्भिका सुब्बाको बैशाखमा दुईवटा बच्चा जन्मिदैछ । यो कुरा उनले नलजाइ दिल खोलेर सेयर गरेकी छिन् ।

बच्चा जन्मिने डेट नजिकिदै गर्दा भारी जिउ लिएर ‘हाउ फन्नी’ फिल्मको ट्रेलर तथा भिडियो गीत सार्वजनिक कार्यक्रममा उपस्थित माल्भिकाले भनिन्, ‘बैशाखमा मेरो दुई बच्चा जन्मिदैछ । डाक्टरले दिएको डेट अनुसार बैशाख १७ गते मेरो पेटको बच्चा बाहिर आउँदैछ भने बैशाख १० गते मैले निर्माण गरेको फिल्म हाउ फन्नी हल हलमा लाग्दैछ । फिल्म मेरो अर्को बच्चा हो ।’

माल्भिकाको लागि नयाँ वर्ष २०७३ को सुरुवाती दिन नै यहि कारण पनि विशेष रहने भएको छ । फिल्म रिलिजको ठीक एक हप्ता पछि मायाको चिनो स्वरुप उनले सन्तान जन्माउदैछिन । कमेडी जनराको यस फिल्मबाट उनी निकै आशावादी रहेकी छिन् ।


One response to “बैशाखमा माल्भिकाको जन्मिदैछ दुईवटा बच्चा”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

पल-पूजाको म यस्तो गीत गाउँछु २ ट्रेलर रिलिज (भिडियो)
कमेडी च्याम्पियन टोली देखि भुवन झरनाको नजरमा लभ डायरिज कस्तो ?
सेल्फी किङ्गको भव्य प्रिमियर, फिल्मलाई मिश्रित प्रतिक्रिया (भिडियो सहित)
प्रतिक्षित फिल्म प्रेमगीत ३ को गीत रिलिज, प्रदीप-क्रिष्टिनाको फरक अवतार