लगातार सविन, के सक्लान् दर्शक रिजाउन ?


Filmy Kura, Feb 29, 2016 at 3:49 pm

sabinनायक सविन श्रेष्ठले सोलो हिरोको रुपमा फिल्म धान्न सक्दैनन् भन्ने कुरा त फिल्म बजारमा बेलाबखत गाइगुई हुने गरेकै छ । यद्धपि उनले आफू अभिनित फिल्ममा अर्को सपोर्टेट हिरो बिना पनि दर्शक बटुल्न सक्छु भन्ने प्रमाणीत गर्न अति आवश्यक भइसकेको छ । कारण यो चैत्र महिना मात्र उनको हप्तै पिच्छे फिल्म रिलिज हुँदैछ । यहि कुरालाई मध्यनजर गरेर हेर्ने हो भने अहिले उनलाई कुन चाहि फिल्मको पब्लिसिटीका लागि दौडिउ भइरहेको छ ।

फागुनलाई समेत जोडेर हेर्ने हो भने १४ गते उनी प्रमुख भूमिकामा रहेको ‘खुर्पा’ रिलिजमा आयो । तर गाउँ घरमा आफ्नै घरमा हुने खुर्पा हेर्न दर्शक हल सम्म धाएनन् । शहरका मानिस झन के खुर्पा हेर्न आउथे बरु एडभान्स भइसके अरु नै हतियार प्रयोग गर्छौ भनेर घरमै बसे । यसको प्रत्यक्ष मार निर्मातालाई प¥यो । त्यति मात्र हैन सविन पनि त्यसका भागिदार बनिछाडे ।

अब जाउ चैत्र तिर । पहिलो सातामै उनी अभिनित दुई फिल्म एकैसाथ जुध्दैछ । ५ गते उनी ‘भाग सानी भाग’ मा सानी भगाउन तिर लाग्दैछन् भने ‘लक्ष्य’ पनि उही दिन रिलिज हुँदैछ । अब सविनको सानी भगाउने लक्ष्य पूरा गर्न दर्शक हल आएनन् भने त्यो त अधुरै रहने देखिन्छ । चैत्रको अन्तिम शुक्रबार या भनौ २६ गते ‘रामप्यारी’ रिलिज हुँदैछ उक्त फिल्ममा पनि सविनले अभिनय गरेका छन् । रेखा थापाका कारण सविनको नाम रामप्यारीमा खासै त्यति चर्चामा छैन । सविन यसमा केही छायाँमा परे जस्तो देखिन्छ । तर यसरी एक पछि अर्को फिल्ममा लगातार आइरहदा सविनले दर्शकलाई हल सम्म बाँधेर राख्न सकेनन् भने आएराम गएरामको लिस्ट भित्र सविनको पनि नाम सूचिकृत हुने पक्का छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

चलचित्र कोपीलाको इन्डक्ल्याप, निर्मला पन्तको कथा पर्दामा
गरुड पुराण नायिकालाई नाम चेन्ज गर्न सुझाव (भिडियो सहित)
प्रेमलीला रिलिज पोेष्टपोन्ड, कारण यस्तो
गोपीको नयाँ गीत रिलिज, विप्लवको रचनामा शिवको स्वर (भिडियो)