नेपाली फिल्म क्षेत्रमा के अझै पनि स्टारडमको महत्व छ ???


Filmy Kura, Mar 2, 2016 at 3:45 pm

फिल्मको पोस्टरमा हिरो हिरोइनको ठूलो टाउको राखेर कुनै समय दर्शकलाई हल सम्म तान्ने परिपाटी थियो तर त्यो अहिले आएर बिस्तारै हट्दै गएको छ । बदलिदो समय अनुरुप अचेल निर्माता निर्देशकले फिल्मको कन्टेन्ट र प्रस्तुतीकरणमा ध्यान दिन थालेका छन् । यति भइकन पनि फिल्ममा स्टारडम बोकेका बाहेक अन्य कलाकारले खेल्ने हो भने त्यस्ता फिल्मको त्यति सारो चर्चा परिचर्चा हुने गर्दैन । के अझै पनि नेपाली फिल्म क्षेत्रमा स्टारडमको महत्व छ ?? यो विषयमा हामीले केही चलचित्रकर्मीको धारणा बुझेका छौ । प्रस्तुत उनीहरुको विचार जस्ताको त्यस्तै ।

पक्का छ । कुनै फिल्म स्टारडममा डिपेन्ड हुन्छ कुनै फिल्म कन्सेप्ट बेस । जस्तै ड्रिम्स स्टार बेस मूभि हो भने वडा नम्बर छ कन्सेप्ट बेस । स्टार बेस मूभिले ओपनिङ राम्रो पाउछ । कन्सेप्ट बेस मूभिले पशुपति प्रसाद जस्तो स्लो स्टार्ट गर्छ ।
हास्यकलाकार/निर्माता दीपकराज गिरी

स्टारडमको महत्व फिल्म क्षेत्रमा सधै हुन्छ । अहिले नेपाली फिल्म क्षेत्रमा यसको कमी छ । स्टारडम हुँदा धेरै प्रकारले यो क्षेत्रलाई फाइदा पुग्छ । स्टारडम हुँदा ती स्टारको फिल्म दर्शकको रोजाइमा पर्छ । जसले गर्दा फिल्ममा दर्शकको राम्रो उपस्थिति हुन्छ ।
निर्माता/वितरक प्रदीप उदय

dipak-pradip-krishna---

स्टारडमको महत्व हुने ठाउँ नै फिल्म क्षेत्र हो । हुन त स्पोट्स्, सोसियल एक्टिभिटिजमा पनि स्टारडमको महत्व बढेको छ । तर फिल्ममा स्टारडमको महत्व नेपालमा मात्र हैन हलिउड र बलिउडमा समेत बढी रहेको छ । फिल्ममा स्टार कलाकारको एक्टिङले यसको बिजनेशमा प्लस प्वाइन्ट हुन्छ ।
रंग पत्रकार कृष्ण भट्टराई

अवश्य पनि स्टारडमको महत्व छ । जस कारण चलचित्र हेर्न केही दिन भए पनि दर्शक हल सम्म आउछन् । तर बाँकी फिल्म नै राम्रो हुनु पर्छ ।
संगीतकार/निर्माता चेतन सापकोटा

डेफेनेट्ली छ । तर यसलाई कायम गर्न हाम्रो कलाकारहरुले एकदम ध्यान दिनु पर्छ । मेरो विचारमा जब सम्म नेपाली मूभिलाई माया गर्नेहरुले चलचित्रकर्मीको फोटोहरु घरको भित्तामा झुन्ड्याउदैनन् तब सम्म स्टारडम भए जस्तो अनुभव हुन्न ।
नायक गजित विष्ट

स्टारडम बिनाको चलचित्र उद्योग, उद्योग रहदैन । नेपाली चलचित्र क्षेत्र पनि पछिल्लो समय धरासयी हुनुमा स्टारडम कै अभाव हो । हो फिल्म कन्टेन्टले नै चल्ने हो तर त्यो कन्टेन्ट हेर्न हल सम्म दर्शक तान्न भने स्टारडम नै चाहिन्छ । तब मात्र उद्योग चलायमान हुन्छ । कति पय निकै राम्रो भनिएको फिल्म नचल्नुको पछाडिको कारण पनि यहि हो । फिल्मको गुदी कन्टेन्ट हो भने खोल भनेको स्टारडम हो । मिठो गुदी र आकर्षक खोल भएको चिज कसलाई पो मन नपर्लार ?
निर्देशक सुरेश दर्पण पोखरेल

स्टारडम भएर मात्र मूभि चल्ने होइन । मेकिङ कसले गर्दैछ र डिरेक्टर को हो त्यसमा भर पर्छ । त्यसपछि मात्र स्टारडमको भ्यालू हुन्छ ।
हल सञ्चालक तथा वितरक गोपाल कायस्थ


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

पल-पूजाको म यस्तो गीत गाउँछु २ ट्रेलर रिलिज (भिडियो)
कमेडी च्याम्पियन टोली देखि भुवन झरनाको नजरमा लभ डायरिज कस्तो ?
सेल्फी किङ्गको भव्य प्रिमियर, फिल्मलाई मिश्रित प्रतिक्रिया (भिडियो सहित)
पत्रकार सुब्रतको निर्देशनमा के घर के डेरा, वर्षा-विपिन लिडमा