‘ब्रासलेट’ खेलेपछि निर्माणमा हात हाले रमेशले, ऐश्वर्यामा आफै हिरो


Filmy Kura, Mar 2, 2016 at 4:38 pm

rameshनायक रमेश उप्रेती लामो अमेरिका बसाइ पछि नेपाल फर्किएर फिल्म क्षेत्रमै सक्रियता देखाइ रहेका छन् । नेपाल आउन साथ ‘ब्रासलेट’ मूभि खेलेका अब उनले आफैले फिल्म निर्माण गर्ने भएका छन् । ‘ऐश्वर्या’ नामक फिल्ममा रमेशले लगानी मात्र हैन आफै अभिनेताका रुपमा समेत काम गर्दैछन् ।

रमेशको अपोजिटमा भने नायिका केकी अधिकारी रहनेछिन् । फिल्मलाई नवल नेपालले निर्देशन गर्ने भएका छन् । हुन त रमेश फिल्म क्षेत्रमा स्थान खोजिरहेका थिए नेपाल आएर, तर उनको सपना भनेको आफैले लगानी गर्ने पनि थियो । पूर्ण पारिवारिक कथामा निर्माण हुने यस फिल्मको अन्य कलाकार तथा प्राविधिक भने छिट्टै तय गरिने निर्माण पक्षले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

पत्रकार फूलमान निर्देशित फिल्म ‘नीरफूल’ को ट्रेलर रिलिज
मायालु प्रेम एक्सन अवतारमा, प्रेमगीत ३ टिजर रिलिज (भिडियो)
‘ए मेरो हजुर ४’ को शुभमुहूर्त सँगै छायांकन प्रारम्भ
पल-पूजाको म यस्तो गीत गाउँछु २ ट्रेलर रिलिज (भिडियो)