पल र वर्षामा देखियो सम्भावना, नाई नभन्नु ल ४ को शीर्ष गीतमा यस्तो अभिनय


Filmy Kura, Mar 2, 2016 at 5:01 pm

pal-barsaम्यूजिक भिडियोबाट निकै चर्चा बटुलेका मोडल पल शाह र वर्षा राउत अभिनित ‘नाई नभन्नु ल ४’ को शीर्ष गीत रिलिज गरिएको छ । भिडियोमा यी दुईलाई निकै सुन्दर देखिएको छ भने अभिनय पाटो पनि अब्बल देखिन्छ ।

विकास आचार्य निर्देशित यो फिल्म चैत्र २६ गतेदेखि अल नेपाल रिलिज हुँदैछ । लगातार ‘नाई नभन्नु ल’, ‘नाई नभन्नु ल २’ र ‘नाई नभन्नु ल ३’ जस्तो सुपर हिट फिल्म दिएका विकास चौथो सिरिजमा भने पल र वर्षालाई ब्रेक दिन पुगेका थिए । फिल्मबाट उनी निकै आशावादी समेत रहेका छन् । प्रस्तुत गीतमा बसन्त सापकोटाको शब्द तथा संगीत रहेको छ भने राजेश पायल राई र रजिना रिमालको सुमधुर स्वर सुन्न सकिन्छ ।

भिडियो हेर्नुहोस्


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

चलचित्र कोपीलाको इन्डक्ल्याप, निर्मला पन्तको कथा पर्दामा
गरुड पुराण नायिकालाई नाम चेन्ज गर्न सुझाव (भिडियो सहित)
प्रेमलीला रिलिज पोेष्टपोन्ड, कारण यस्तो
गोपीको नयाँ गीत रिलिज, विप्लवको रचनामा शिवको स्वर (भिडियो)