भाग सानी भाग टोलीद्धारा ब्लड क्यान्सर पीडितलाई आर्थिक सहयोग


Filmy Kura, Mar 3, 2016 at 4:55 pm

bhag-sani-bhagनेपाली चलचित्र भाग सानी भाग टोलीले अष्ट्रेलियामा गरेको च्यारिटी सोबाट उठेको रकम ब्लड क्यान्स पीडित ७ वर्षीया बालिका रेजिना पौडेलको उपचारकोलागि सहयोग स्वरुप उपलब्ध गराएको छ ।

विहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर च्यारिटी सोबाट संकलित १ लाख ६६ हजार २ सय १५ रुपैयाको चेक चलचित्रकी नायिका केकी अधिकारी र नायक सविन श्रेष्ठले हस्तान्तरण गरे । भाग सानी भाग चलचित्र र नेनाज फाउण्डेसनको आयोजनामा नारायण पन्थी र विष्णु चापागाईको सक्रियतामा सो रकम संकलन गरिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै सिनेमा का निर्माता चेतन सापकोटाले रमाईलो हसिलो अर्गानिक चलचित्रको रुपमा भागसानी भाग रहेको भन्दै यसबाट पीडितलाई सहयोग गर्न पाएकोमा आफू धन्य भएको बताए । नायिका केकी अधिकारीले भागसानी भाग पुण्य कामको भागिदारी बनेकोमा खुसी ब्यक्त गर्दै चलचित्र राम्रो बनेको बताईन ।

नायक सविन श्रेष्ठले आफूलाई गंभिर अभिनय गर्न नआउने आरोपलाई यस चलचित्र मार्फत चिरेको भन्दै चलचित्र फरक खाले उत्कृष्ट बनेको बताए । निर्देशक नबल नेपालले चलचित्रमार्फत पीडितलाई सहयोग गर्न पाएकोमा हर्ष ब्यक्त गर्दै राम्रो चलचित्र बनेकोले सबैलाई हेर्न आब्हान गरे । नेनाज फाउण्डेसनका गंगा पन्थीले फाउण्डेसन र चलचित्रको टिम मिलेर पीडितलाई सहयोग गर्न पाएको खुसी ब्यक्त गर्दै फाउण्डेसनले बालिकाले स्वास्थ्य लाभ गरेपनि अध्ययन र पालनपोषणको ब्यवस्था गर्ने प्रतिबद्धता ब्यक्त गरे ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

चलचित्र कोपीलाको इन्डक्ल्याप, निर्मला पन्तको कथा पर्दामा
गरुड पुराण नायिकालाई नाम चेन्ज गर्न सुझाव (भिडियो सहित)
प्रेमलीला रिलिज पोेष्टपोन्ड, कारण यस्तो
गोपीको नयाँ गीत रिलिज, विप्लवको रचनामा शिवको स्वर (भिडियो)