देशैभर ड्रिम्स हाउसफूल, छायाँमा प¥यो फूलै फूलको मौसम तिमीलाई


Filmy Kura, Mar 4, 2016 at 2:42 pm

filmykura.com

फ्राइडे रिलिज अन्तर्गत दुई नेपाली सिनेमा मैदान उत्रिए । अनमोल केसी स्टारर फिल्म ड्रिम्स र नीता ढुङ्गाना अभिनित फूलै फूलको मौसम तिमीलाई ।

सबैभन्दा पहिला ड्रिम्सको कुरा गरौ । ड्रिम्स अर्थात सपना । शुक्रबार आक्रमक ओपनिङ गर्दै अनपेक्षित व्यापार गरेको छ यो फिल्मले । देशभरका सम्पूर्ण हलमा हाउसफूल भएको ड्रिम्सले मल्टिप्लेक्समा त आफ्नो छुट्टै पकड जमाएको छ ।

यस अघिका दुई फिल्म होस्टेल र जेरीबाट अनमोलले जुन क्रेज खडा गरेका थिए आज ड्रिम्स सम्म आइपुग्दा उनले ह्याट्रिक गर्न सफल भएका छन् । काठमाडौँका प्राय हल ड्रिम्स हेर्न आउने दर्शकले खचाखच देखिन्थ्यो । अनमोललाई मन पराउने एउटा युवा जमात त थियो नै तर समग्रमा यो फिल्मले भने सबै वर्गका दर्शकलाई हल सम्म तान्न सफल भएको छ ।

फिल्मका निर्देशक अनमोलका पीता भुवन केसी हुन् । जसरी फिल्ममा अभिनेताका रुपमा अभिनय गर्दा भुवनले तारिफ पाउथे त्यसरी नै आज पर्दा पछाडि एक्शन कट भनेर ड्रिम्स जस्तो राम्रो फिल्म निर्माण गरेको भनी दर्शकले उनलाई पनि क्रेडिट दिएका छन् । साच्चै भन्ने नै हो भने भुवन पछिल्लो समय फिल्म क्षेत्रमा गुमनाम जस्तै थिए । छोरा अनमोलको साहारामा उनले आफूलाई निर्देशकका रुपमा चिनाउन चाहन्थे । जुन सपना ड्रिम्सले आज साकार गरि दिएको छ ।

यति बेला अनमोल र भुवनलाई शुभकामना र बधाईको ओहिरो आइरहेको छ । दर्शकको उल्लेख्य माया र साथ बटुल्न सफल यस फिल्ममा अनमोलको अपोजिटमा रहेर न्यू फेस साम्राज्ञी लक्ष्मी शाहले अभिनय गरेकी छिन् । उनी पनि फिल्मको ग्रान्ड ओपनिङबाट दङ्ग छिन् ।
जुन पायो त्यति फिल्म नखेलर स्टारडमको महत्व बुझाउन खोजिरहेका अनमोल भविष्यका एक स्टार हुन भन्दा फरक पर्दैन । यति सम्म कि अब राम्रा कथामा कोही निर्माता लगानी गर्दैछ भने अनमोल जस्तो कलाकार लिदा फिल्मले घाटा व्यहोर्नु पर्दैन भन्ने अमिट छाप बसिसकेको छ ।

अब कुरा गरौ यहि फिल्म सगै रिलिज भएको फूलै फूलको मौसम तिमीलाईको । दिनेश डिसी निर्देशित यो फिल्मले खास दर्शक तान्न सकेन । ड्रिम्सले गर्दा फूलै फूलको मौसम तिमीलाई पूर्णतया छायाँमा परेको छ । नव नायक आमेश भण्डारी र नीता ढुङ्गानाको प्रमुख भूमिका रहेको यस फिल्मले स्लो व्यापार गरेको छ ।

हुन त फिल्म रिलिज पूर्व यति सम्म कि यसका निर्देशक दिनेश डिसीले अनमोललाई अभिनय नै गर्न नआउने हिरोको संज्ञा दिए । अनि भने त्यो भन्दा राम्रो अभिनय त मेरो फिल्मको हिरो आमेशले गर्छ । तर भइदियो उल्टो । आज अनमोलले राम्रो अभिनय नगरेको भए किन हल सम्म दर्शक तछाड मछाड गरेर हेर्न जान्थे त??? यो प्रश्न उनै दिनेश डिसीलाई छोडौ । उनको भाषामा भन्ने हो भने सायद अनमोलको क्युटनेसलाई हेर्न दर्शक गएका थिए होलान ।

सञ्चार क्षेत्रका लागि स्थापित र परिचित छन् दिनेश डिसी । तर फिल्म निर्देशकको हकमा भने यो पटक उनलाई लक लागेन । यस अघिको उनी निर्देशित फिल्म छ एकान छ सुपर डुपर हिट भएको थियो । यद्धपि यो पटक ड्रिम्स जस्तो फिल्मको सामना गर्नुपरेकाले फिल्मको ओपनिङ व्यापार स्लो हुन गएको हो । फूलै फूलको मौसम तिमीलाई सुपर न्याचुरल पावरमा आधारित प्रेम कथानक चलचित्र हो ।


One response to “देशैभर ड्रिम्स हाउसफूल, छायाँमा प¥यो फूलै फूलको मौसम तिमीलाई”

  1. Erisa Paudel says:

    Gud job dream

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

अनमोलको आठौं फिल्म एन्टी हिरो, २०२० मा रिलिज हुने
कबड्डी कबड्डी कबड्डीको शीर्ष गीत रिलिज, पन्चेबाजाको मिश्रणमा जोडियो र्‍याप
साइनोलाई मिल्दै दर्शक साथ, कस्तो गर्दैछ त व्यापार ?
चलचित्र हजार जुनीसम्मको टाइटल सङ रिलिज, आयुषको स्वरमा गीत बन्यो यस्तो (भिडियो)