रेखाले यति सम्म भनिन् पुरुषलाई (भिडियो सहित)


Filmy Kura, Mar 9, 2016 at 10:07 am

rekhaहिजो भर्खरै अन्तर्राष्ट्रिय नारी दिवस नेपालमा पनि भव्य समारोहबीच मनाइरहदा विशेषत महिला हिंसा रोकौ भनेर कुर्लिने तीनै नारी मध्येकी एक नायिका रेखा थापा भने पुरुष प्रति निकै आक्रामक ढंगबाट प्रस्तुत भएकी छिन् । उनले पुरुषलाई बोलेको शब्दले मनमा च्वास्स घोच्न सक्छ । यति सम्म की आजका पुरुष प्रति उग्र हुँदै उनले सम्पूर्णलाई हरामको संज्ञा दिएकी छिन् ।

के साच्चै आजका युवा पुरुष हराम अथवा भनौ खराव प्रवृत्ति कै छन् त ? उत्तर खोज्दै गर्नुस् तर यो नायिका रेखाले एक टेम्पो चालक मजुदरको कथामा निर्मित ‘रामप्यारी’ फिल्ममा बोलेको डाइलग मात्र हो । वास्तविक जीवनमा भने उनै रेखा पुरुष सरह हर कामकाज महिलाले पनि सम्पादन गर्न सक्छे भनेर उदाहरण पेस गर्ने नायिकामा पर्छिन् ।

उनले भनेकी छिन्, ‘म कलियुगको राम हुँ । जो तिमीहरु जस्तो हराम पुरुषहरको अग्नी परीक्षा लिन्छु ।’ निकै दमदार लाग्ने ‘रामप्यारी’ ट्रेलरमा रेखालाई एक्शन अवतारमा देख्न सकिन्छ । तर वर्षमा एकचोटि उनले आफ्नै ब्यानरबाट दर्शकलाई राम्रो फिल्म दिने वाचा गरिरहदा यो ट्रेलर हेर्दा ‘हिम्मतवाली’ को झल्को आउन सक्छ । के रेखा अब एक्शन बाहेक केही एक्स्ट्रा चिज फिल्ममा दिन सक्दिनन् भन्ने प्रश्न चिन्ह खडा भएको छ । विगत फिल्म झै यसमा पनि उनले एक्शनमा आफूलाई उतार्नुले दर्शकलाई एकै खालको फिल्म दिए जस्तो भान हुन सक्छ । जुन ‘हिम्मतवाली’ हेरेकाहरुले नयाँ टेष्ट भएन भन्ने गुनासो ‘रामप्यारी’ ट्रेलरको एक्शन हेर्दा गर्न सक्छन् ।

चैत्र २६ गतेदेखि अल नेपाल रिलिज थालनी गर्ने यस फिल्मलाई सविर श्रेष्ठले निर्देशन गरेका छन् । स्वयम् रेखाको लगानी रहेको ‘रामप्यारी’ फिल्म जगदिश्वर थापाले लेखेका हुन् भने शिव ढकालको यसमा छायांकन रहेको छ । २०७२ सालकै बहुप्रतिक्षित फिल्मका रुपमा ‘रामप्यारी’ लाई हेरिएको छ ।

हेर्नुस् रामप्यारी ट्रेलर


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

अनमोलको आठौं फिल्म एन्टी हिरो, २०२० मा रिलिज हुने
कबड्डी कबड्डी कबड्डीको शीर्ष गीत रिलिज, पन्चेबाजाको मिश्रणमा जोडियो र्‍याप
साइनोलाई मिल्दै दर्शक साथ, कस्तो गर्दैछ त व्यापार ?
चलचित्र हजार जुनीसम्मको टाइटल सङ रिलिज, आयुषको स्वरमा गीत बन्यो यस्तो (भिडियो)