आर्यन देखिए बलिउड हिरो टाइगर जस्तो


Filmy Kura, Mar 9, 2016 at 11:16 am

aryan-tigerनेपाली रजतपटमा संघर्ष गरिरहेका नवनायक आर्यन अधिकारी अभिनित ‘के तिम्रो होइन र’ फिल्मको फस्टलुक सार्वजनिक गरिएको छ । एक्सन शैलिमा देखिएका आर्यन बलिउड हिरो टाइगर सर्फ जस्तै देखिएका छन् । शरीरको फिगर र बडि स्टाइल हेर्दा उनी टाइगर जस्तै लाग्न सक्छन् ।

बैशाख ३१ रिलिज यस फिल्ममा आर्यन सँगै नयाँ अनुहार मरिस्का पोखरेलले अभिनय गरेकी छिन् । फिल्मका निर्देशक आकाश अधिकारी हुन् । यस अघि उनी निर्देशित फिल्म ‘कोहिनुर’ ब्लकबस्टर हिट भएको थियो । यो पटक निर्देशक अधिकारीले चुनौती पनि मोलेका छन् नयाँ अनुहार लिएर ।

k-ma-timro-hoina-ra-1
फिल्मको फस्टलुक सँगै दुई वटा अडियो गीत समावेश जुक वक्स पनि सार्वजनिक गरिएको छ । अधिकारी ब्रदर्स पिक्चर्सको प्रस्तुतीमा द स्काई मुभिजको सहकार्य रहेको यो फिल्ममा सुरेश अधिकारी, सञ्जिव भट्ट र सुनिल अधिकारीको लगानी रहेको छ ।

बसन्त सापकोटा र तारा प्रकाश लिम्बुको संगीत रहेको फिल्ममा यम थापाको पटकथा तथा संवाद, हिमाल केसीको एक्सन, नवराजकृष्ण थापाको छायांकन, रेनशा वान्तवा राइको कोरियोग्राफी रहेको छ । ‘के म तिम्रो होइन र’ युवा प्रेम कथामा आधारित फिल्म हो ।

सुन्दा आनन्द आउन सक्छ यस्तो बनेको छ अडियो


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

चलचित्र कोपीलाको इन्डक्ल्याप, निर्मला पन्तको कथा पर्दामा
गरुड पुराण नायिकालाई नाम चेन्ज गर्न सुझाव (भिडियो सहित)
प्रेमलीला रिलिज पोेष्टपोन्ड, कारण यस्तो
गोपीको नयाँ गीत रिलिज, विप्लवको रचनामा शिवको स्वर (भिडियो)