कसले भन्यो म नचलेको हिरोइन : अनु शाह


Filmy Kura, Mar 9, 2016 at 11:43 am

anu-shahनायिका अनु शाहले हाल सम्म १८ वटा फिल्ममा अभिनय गरिसकेकी छिन् । तर उनले खेलेका फिल्म कतिको सफल छन् त ? केलाउदै जाँदा कुनलाई सफल मान्ने कुनलाई असफल नायिका अनु नै दोधारमा परिन् । फिल्मीकुराले उनलाई तपाई त नचलेको हिरोइन भित्र पर्नु हुन्छ रे नी भनेर प्रश्न सोध्दा उल्टै उनले प्रतिपश्न गरिन्, ‘कसले भन्यो म नचलेको हिरोइन हो भनेर ?’

त्यसो भए भनिदिनुन त कुन हो तपाईको जीवनको हिट फिल्म भन्दा उनले एकछिन अकमकिएर केही समय अघि रिलिज भएको फिल्म ‘भैरव’ को नाम लिइन अनि थपिन अब ‘लक्ष्य’ पनि दर्शकको मन जित्ने फिल्म भित्र अवश्य पर्नेछ । चैत्र ५ रिलिज फिल्म ‘लक्ष्य’ कि हिरोइनको यो विश्वास कतिको वास्तविकतामा परिणत हुने हो, केही समय पछि दुधको दुध पानीको पानी जस्तै छर्लङ्ग हुने नै छ । अनुले आफू चलेकै हिरोइन भित्र पर्ने दाबी गर्दै भनिन्, ‘सायद नचलेको हुँदो हुँ त किन १८ वटा फिल्म पुग्थे त?’

यता ‘लक्ष्य’ का हिरो सविन श्रेष्ठ पनि आफू एक्लैले फिल्म धान्न नसकेको भनेर लागेको आरोप यस फिल्मबाट मेटिनेमा ढुक्क छन् । सविनले भनेका छन्, ‘म सोलो हिरोको रुपमा काम गरेको फिल्म सफल नहुनुको पछाडि फिल्मको पटकथा र संवाद पनि प्रमुख कारण हो । लक्ष्यबाट यो आरोप मैले चिर्न सक्छु भन्ने लाग्छ किनकी यो फिल्म दर्शकको मनोरञ्जनका निम्ती पूर्ण खुराक बनेर आएको छ ।’

मंगलबार फिल्म निर्माण यूनिटले पत्रकार भेटघाट गर्दै आफ्ना कुराहरु राखेको थियो । यता ‘कान्छी मट्याङ ट्याङ’ फिल्मबाट रजतपट डेब्यू गरेकी सारिका केसी ‘लक्ष्य’ की अर्की हिरोइन हुन् । गाउँको सोझी युवतीको भूमिकामा रहेको बताउँदै उनले एक्सन ओरिएन्टेड फिल्म भएकाले ‘लक्ष्य’ मा हिरो सँग खास रोमान्स गर्न नपाएको भनाइ राखिन् ।

मिलन आले मगरको निर्देशनमा तयार ‘लक्ष्य’ लाई ओमलाल गुरुङले लगानी गरेका छन् । फिल्म राम्रो बनेकाले दर्शकको साथ पाउनेमा निर्माता निर्देशक दुवै आशावादी रहेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

चलचित्र कोपीलाको इन्डक्ल्याप, निर्मला पन्तको कथा पर्दामा
गरुड पुराण नायिकालाई नाम चेन्ज गर्न सुझाव (भिडियो सहित)
प्रेमलीला रिलिज पोेष्टपोन्ड, कारण यस्तो
गोपीको नयाँ गीत रिलिज, विप्लवको रचनामा शिवको स्वर (भिडियो)