म मुड अनुसार चल्ने केटी हुँ : नायिका रेखा थापा


Filmy Kura, Mar 9, 2016 at 1:58 pm

नायिका रेखा थापा अहिले की चर्चित हिरोइन भित्र पर्छिन् । अन्य ब्यानरमा बनेका फिल्ममा उनको अभिनय रहेपनि खास सफलता निर्माताले चाख्न पाउदैनन् व्यावसायिक रुपमा तर उनकै ब्यानरमा निर्मित फिल्मले भने उनलाई मुनाफा दिलाइरहेको छ । यो वर्षकै बहुप्रतिक्षित फिल्मको रुपमा हेरिएको ‘रामप्यारी’ चैत्र २६ गते देशभर रिलिज हुँदैछ । यहि सेरोफेरोमा फिल्मीकुराका प्रतिनिधीले नायिका थापा सँग गरेको कुराकानीको सम्पादित अंश ।

rekha-thapa

प्रधानमन्त्री कप इन्डो नेपाल महिला भलिबल दुतका रुपमा नियुक्त हुनुभएको छ कस्तो महसुस गर्दै हुनुहुन्छ ?

मलाई एकदमै खुसी लागेको छ । गर्व महसुस गर्ने क्षण थियो त्यतिबेला । म महिलाकै विषयमा काम गरिरहेको छु जस्तो लाग्छ यस अगाडि पनि । चाहे त्यो फिल्मबाट होस् या अन्य सामाजिक कामबाट । हिजोको दिनमा म पनि खेलाडी हुन चाहन्थे । कता कता मेरो नशामा अझै त्यो गुण पाउछु म । मार्सल आर्ट खेलेको पनि हुँ सानु बेला । घरबाट एकखालको बन्चित थिए त्यतिबेला म । दाइले पु¥याउन आउनु पर्ने त्यसपछि लाग्यो यसरी पनि खेलिन्छ कतै । अनि छोडिदिए ।

अब प्रसङ्ग बदलौ, कहिले रेखा काली, कहिले हिम्मतवाली अहिले आएर रामप्यारी बनेको चर्चा छ । खास कुरा के हो ?

हो पक्का म रामप्यारी बनेर चैत्र २६ मा हल हल आउँदैछु । काली फिल्ममा चाहि मैले महिलामा पनि क्षमता हुन्छ । त्यो शक्ति अथवा भनौ दुर्गाको जस्तै क्षमता हामी सबैले सहि ठाउमा सदुपयोग गर्ने हो भने दबिएर हेपिएर बस्नु पर्दैन भन्ने सन्देश दिन खोजेको थिए । हिम्मतवालीमा हरेक नारी आटिँला हिम्मतवाली छन् भनेर देखाउन खोजेको थिए । अब अहिले आएर भने रामप्यारी जो एक छाक खान मजदुरी गर्छे । टेम्पो चलाउछे उसकै प्रतिनिधी पात्रका रुपमा मैले अभिनय गरेको छु ।

फिल्ममा त महिलाको वकालत खुबै गर्नु भएको रहेछ है ?

महिला भनेको घर भित्रै थुनिएर बस्नुपर्छ भन्ने त होइननी । महिला चाहि मान्छे होइन र ? पुरुषले घरमा महिलालाई हेपेर पिटेर दबाएर राख्छन् भने तीनका विरुद्धमा आवाज उठाउनु आवश्यक पनि छ । अब नारी कमजोर छैन । उसले सब काम गर्न सक्छे । म फिल्म मार्फत नारीलाई शक्तिशाली रुपमा प्रस्तुत गरेर सबै बराबर हौ भनेर साहस प्रदान गर्न खोजिरहेको छु ।

तपाईले स्वतन्त्रता चाहिन्छ भनिरहदा रेखाले छाडा प्रवृत्ति भित्राइ भन्नेहरु पनि छन् नी ?

होइन, होइन । जब म १६ वर्षको थिए त्यतिबेला मैले छोटै कपडा लाए होला । तर अहिले आएर मैले त्यसरी छाडा प्रवृत्ति भित्रने गरी केही पनि गरेको छैन । आज ३० औँ वसन्तमा पुगिरहदा समाज प्रतिको मेरो दायित्व मेलै राम्रो सँग बोध गरेको छु । जहाँ सम्म मेरो फिल्म भित्र निभाएरको चरित्रलाई लिएर कुरा गरिन्छ भने त्यहा मैले चाहिदो भन्दा बढी स्वतन्त्रता खोजेको पाउनु स्वभाविक हो ।

टेम्पो चालक महिलाको कथा । यो रिसर्च वेसको मुभि बनाउने सोच कसरी आयो ?

हामी नेपाली श्रमको निमित्त विदेशमा पसिना चुहाउँछौ । विदेशका कार्यक्रममा जाँदा मैले कतिको दुःख पीडा देखे । लाग्यो हामी यहाँ आफ्नै मुलुकमा मिहेनत गर्दैनौ । आज आकाशमा उडान भर्ने पाइलटलाई हामी मान्छौ । के सडकमा सवारी चलाउने चाहि चालक होइन ? एउटा विमान चालकलाई महत्वका साथ हेरिदा टेम्पो चालक सबैबाट हेपिन्छ । सोचे हामी सबै मजदुर हौ । पेशालाई सम्मान गरौ । आज टेम्पो काठमाडौँमा धेरै हुँइकिएका छन् यसलाई नै व्यवस्थित गरेर लैजाने हो भने विदेशीनु पर्दैन युवाले । काम ठूलो सानु हुँदैन भनेर देखाउन पनि यो विषयवस्तुमा फिल्म निर्माण गरेको हुँ ।

तपाईको ब्यानरबाट बनेका फिल्ममा आफै हिरोको रुपमा काम गर्दा अरु त छायाँमा परेको देखिए नी ?

त्यस्तो देखिएको मात्र हो । रामप्यारी फिल्मको हिरो आभाष अधिकारी नै हो । यस पटक मैले उसलाई ब्रेक दिए । किनकी राम्रो अभिनय क्षमता उसमा छ । जहाँ सम्म रामप्यारीमा अभिनय गर्ने सविन श्रेष्ठको कुरा छ । उ केही छायाँमा परेको जस्तो लाग्न सक्छ । सविनले यो पटक गेष्टको रुपमा अभिनय गरेको छ । रामको चरित्रमा आभाष छ भने प्यारी बनेर मैले खेलेको छु । आभाषको कामले अवश्य नै चर्चा परिचर्चा पाउनेछ । यो पटक उ नयाँ भइकन छायाँमा भन्दा नी फ्रन्टमा देखिने छ भन्ने लाग्छ ।

रामप्यारीको गीत संगीत कस्तो छ ?

तीन वटै गीत निकै कर्णप्रिय बनेका छन् । एउटा गीतमा मैलै स्वयं संगीत भरेको छु । एउटा योङ्ग स्टारहरुलाई तान्ने खालको गीत बनेको छ जसमा आभाष र आश्मा डिसीले अभिनय गरेका छन् । एउटा लोक फ्लेबरमा छ त्यो आम नेपालीहरुलाई मन पर्ने खालको छ । अर्को चाहि म आफैले संगीत दिएको ‘अर्को जुनी’ यथार्थवादी खालको छ । समय सापेक्ष गीतका शब्द चयन गरिएका छन् ।

फिल्म चल्ने डेट नजिकिदै जाँदा छविराज ओझालाई अङ्गालो मारिदिनु भयो है ?

हैन त्यो मेरो आत्मियता हो । फिल्म चलाउनको लागि मैले त्यस्तो गरेको थिइन । र मिडियामा छाउन पनि त्यस्तो गरेको होइन । होला बोलचाल नगरी म बसे पनि । तर मुड अनुसार म चल्ने मान्छे हुँ । मेरो मुड चल्यो त्यतिबेला अनि अङ्गालो मारेको हुँ । सधैँ एउटै मुड नहुन सक्छ ।

अन्त्यमा ?

चैत्र २६ गते रामप्यारीको निमित्त दर्शक नजिकको हलमा आउनु हुन्छ भन्ने पूर्ण आशा छ । विगतमा पनि मलाई अत्याधिक माया दिनुभएको थियो । यो पटक पनि म तपाईहरुलाई निराश बनाउने छैन । फिल्म हेरेपछि जस्तो लाग्छ त्यस्तै भनिदिनु होला ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

चलचित्र डार्क एण्ड लाईटको ट्रेलर र गीत रिलिज (भिडियो सहित)
त्रिकोणात्मक प्रेमकथामा आधारित चलचित्र साईनोको ट्रेलर रिलिज (भिडियो)
सोनम थापा निर्मित तथा अभिनित एकलव्य ट्रेलर रिलिज (भिडियो सहित)
रामकृष्णको हातबाट सुविन्द्रको आरोहण सार्वजनिक