आर्यन सँग प्रतिस्पर्धा गर्दै दयाहाङ


Filmy Kura, Mar 11, 2016 at 3:03 pm

aryan-dayahangआर्यन सिग्देल नेपाली फिल्ममा पछिल्लो समय अग्रपङ्तीमा गनिने नायकमा पर्छन् । खयर तर पछिल्लो सयम यो नामको चार्म घट्दै गइरहेको छ । केही समय अघि उनको अभिनय रहेको फिल्म क्लासिक रिलिज भएको थियो । जसमा उनी आफैले लगानी समेत लगाएका थिए । आफ्नो पैसा परेपछि खुबै दौडधुपका साथ पब्लिसिटीमा खटिएका यि नायक अचेल घुमघामको सिलसिलामा छन् ।

आर्यनको अभिनय रहेको फिल्म आवेग वेग बनेर चैत १२ गते हल प्रवेश गर्दैछ । आर्यन चले पनि उनले अभिनय गरेको फिल्म व्यापारिक हिसाबमा चलेका छैनन् । यसमा उनी एक्सन हिरोका रुपमा खडा भएका छन् । विगतलाई स्मरण गर्ने हो भने उनका एक्शन ओरिएन्टेड नाइके र अलविदा सुपर फ्लप भएका थिए । के अब उनले आवेगलाई फ्लप हुनबाट जोगाउलान त ? निर्माण यूनिट भने यो मानेमा ढुक्क छ । बसन्त निरौला निर्देशित आवेगमा आर्यन सँगै नव नायिका पवित्रा आचार्यले अभिनय गरेकी छिन् । सेन्सरबाट पिजी सर्टिफिकेट पाएको आवेगलाई सुर्य कार्कीले लगानी गरेका हुन् ।

यस्तै सोहि डेटमा अर्को फिल्म राहदानी रिलिज हुँदैछ । स्टारकास्टको कुरा गर्ने हो भने आर्यन सँग प्रतिस्पर्धि बनेर दयाहाङ उत्रदैछन् । दयाहाङ वास्तवमा छोटो समयमा धेरै फिल्म खेल्ने तर सफल फिल्म नदिनेमा पर्छन् । उनी अभिनित फिल्म व्यावसायिक रुपमा सफल भएका लुट, कबड्डी र वडा नम्बर छ मात्र हुन् । होचा कदका दयाहाङ वास्तवमा हिरोइन नचाउने हिरो भन्दा पनि रियल एक्टिङ गर्ने कलाकारका रुपमा परिचित छन् । दयाहाङको सफल फिल्म राहदानी भनेर भन्न पाइने दिन आउला नआउला चैत्र १२ को नतिजाले थाहा पाइने नै छ ।

यो फिल्म विशेषत वैदेशिक रोजगारको सिलसिलामा जादा आइपर्ने विभिन्न समस्याहरुमा केन्द्रित छ । लक्ष्मी प्रसाद ढकाल निर्मित राहदानीलाई चलचित्र पत्रकार डब्बु क्षेत्रीले निर्देशन गरेका छन् । दयाहाङका साथमा अशोक रिजाल, रुपा खनाल, सृजना सुब्बा लगायतको फिल्ममा अभिनय रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

अनमोलको आठौं फिल्म एन्टी हिरो, २०२० मा रिलिज हुने
कबड्डी कबड्डी कबड्डीको शीर्ष गीत रिलिज, पन्चेबाजाको मिश्रणमा जोडियो र्‍याप
साइनोलाई मिल्दै दर्शक साथ, कस्तो गर्दैछ त व्यापार ?
चलचित्र हजार जुनीसम्मको टाइटल सङ रिलिज, आयुषको स्वरमा गीत बन्यो यस्तो (भिडियो)