सैनिक बन्न चाहाने सुरज भिजे हुँदै हिरो सम्म


Filmy Kura, Mar 11, 2016 at 5:09 pm

surajसुरज सिंह ठकुरीलाई नचिन्ने सायदै होलान् । उनी वास्तवमा सैनिक बन्न चाहान्थे । सैनिक पोशाकमा फुली झुन्ड्याएर देशको सेवा गर्ने लक्ष्य लिएका उनी अन्तत असफल भए । पटक पटकको प्रयास असफल भएपछि उनी लागे मिडियातिर । हाल कान्तिपुर टेलिभिजनमा कार्यरत सुरज सैनिक बन्न नसके पनि भिजे हुँदै फिल्मको हिरो बनेका छन् ।

‘अहिले पनि मलाई किन किन सैनिक पोशाक लगाउन पाए हुन्थ्यो जस्तो लाग्छ’ उनी सुनाउदै थिए, ‘मेरो हुर्काइ ब्यारेकमै भयो । बाल्यकाल देखि नै यस प्रति मेरो अत्यन्तै रुचि थियो ।’ चार तारे होटल हिमालयनमा पत्रकारलाई आफ्नो अनुभव सेयर गर्दै गरेका उनी निकै भावुक देखिए । तर अहिले आएर उनको सपना साकार हुने छाटकाट देखिएको छ तर त्यो फिल्म मार्फत । डाडामा हिरोइन नचाउने हिरो त म बन्न सक्दिन तर अन्य रोल निभाउन सक्छु भन्ने आत्मविश्वास भएका सुरज सिंहलाई लिएर ‘सयपत्री’ निर्माण घोषणा गरिएको छ ।

sayapatri

निकै तामझामका साथ निर्माण घोषणा गरिएको यस फिल्ममा सुरजले सैनिकको भूमिका निभाउने छन् । उनी सँगै आंकाक्षा कार्की र सन्दीप क्षेत्रीको पनि फिल्ममा अभिनय रहनेछ । बबीभूपाल सिंहले निर्देशन गर्न लागेको फिल्मलाई सुनिल कुमार श्रेष्ठले निर्देशन गर्नेछन् । यस अघि माला फिल्म निर्देशन गरेका सिंहले सैनिक प्रेम सँगै फिल्ममा एक्सन रहने जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

अनमोलको आठौं फिल्म एन्टी हिरो, २०२० मा रिलिज हुने
कबड्डी कबड्डी कबड्डीको शीर्ष गीत रिलिज, पन्चेबाजाको मिश्रणमा जोडियो र्‍याप
साइनोलाई मिल्दै दर्शक साथ, कस्तो गर्दैछ त व्यापार ?
चलचित्र हजार जुनीसम्मको टाइटल सङ रिलिज, आयुषको स्वरमा गीत बन्यो यस्तो (भिडियो)