दर्शकले आजबाट पाँडे र जिक्रिलाई टिभीमा हेर्न पाउने


Filmy Kura, Mar 11, 2016 at 5:46 pm

jikri-paadeकरिब तीन महिना देखि भद्रगोल हेर्ने टेलिभिजनका दर्शकले अर्जुन घिमिरे ‘पाँडे’ र कुमार कट्टेल ‘जिक्रि’लाई हेर्न पाएका छैनन् । आज साँझबाट दर्शकले अब फेरि नियमित रुपमा छोटो समयमा निकै लोकप्रिय बनेको कार्यक्रम भद्रगोल हेर्न पाउने भएका छन् ।

मिडिया हबमा आर्थिक संकट परेसँगै टेलिशृङ्खला बन्द भएको थियो तर आर्थिक मुद्धा सल्टिए सँगै कार्यक्रम नियमित प्रशारणमा आउने भएको हो । यसका निर्देशक शंकर आचार्य हुन् । दर्शकले अन्य हास्य टेलिशृङ्खला भन्दा भद्रगोललाई निकै रुचाएका छन् । विशेषगरी ग्रामीण परिवेशमा सुटिङ गरिने यस कार्यक्रमले राजनीतिक भन्दा सामाजिक व्यङ्ग्यमा बढी जोड दिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

पल-पूजाको म यस्तो गीत गाउँछु २ ट्रेलर रिलिज (भिडियो)
कमेडी च्याम्पियन टोली देखि भुवन झरनाको नजरमा लभ डायरिज कस्तो ?
सेल्फी किङ्गको भव्य प्रिमियर, फिल्मलाई मिश्रित प्रतिक्रिया (भिडियो सहित)
प्रतिक्षित फिल्म प्रेमगीत ३ को गीत रिलिज, प्रदीप-क्रिष्टिनाको फरक अवतार