प्रियंकाले लेखिन, ‘करिष्मा रेखा दीपाश्री जस्तो म कहिल्यै हुन सक्दिन’


Filmy Kura, Mar 12, 2016 at 1:15 pm

priyanka-karkiनायिका प्रियंका कार्की नेपाली सिने जगतको प्रचुर सम्भावना बोकेकी नायिका हुन भन्दा फरक नपर्ला । उनको अभिनय छाडेर नृत्यको कुरा गर्ने हो भने त– वाउ प्रियंका क्या गजबको डान्स भन्ने खालको हुन्छ । यिनै नायिकाले फेसबुकमा आफ्नो खुसी सेयर गरेकी छिन् ।

fb-statusबैशाख १० रिलिज फिल्म ‘हाउ फन्नी’ को गीतमा उनले बारुले कम्मर मर्काएकी छिन् । जुन गीतमा प्रियंकाले फरक फरक ड्रेस लगाएकी छिन् र ती ड्रेस धेरै पहिलेको फिल्ममा नायिका करिष्मा मानन्धर, रेखा थापा र दीपाश्री निरौलाले नाच्दा यस्तै खाले प्रयोग गरेका थिए । उनले भनेकी छिन्, ‘दीपा दिदीले गोली शिशाकोमा लगाउनु भएको जस्तै पहिरन लगाउदा उहाँ जस्तै हिस्सी पो देखिन्छु कि ? करिष्मा दिदीको उडि उडि हिन्छ मन चिया बारीमाको जस्तै लुगा लगाउदा त्यस्तै सदाबहार राम्री पो देखिन्छु कि ? रेखा दिदीको तिम्रो मन त चक्कु छुरी र तिर्खा लाग्यो निरमायाको जस्तै लुगा लगाउदा त्यस्तै कन्फिडेन्ट पो हुन्छ कि ?’

आफै प्रति प्रश्न गर्दै उनले जवाफ पनि लेखेकी छिन्, ‘धत् लाटी कहिल्यै हुन सक्दैनौ ।’ प्रियंकाले आफ्नो लागि यो गीत असाध्यै खास भएको उल्लेख गर्दै करिष्मा, रेखा र दीपाश्री जस्तो कहिल्यै हुन सक्दिन भन्दै त्यस्तो हुन कोसिस पनि गर्दिन भनेकी छिन् ।

हेर्नुस् प्रियंकाको लागि खास बनेको गीतको भिडियो


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

चलचित्र कोपीलाको इन्डक्ल्याप, निर्मला पन्तको कथा पर्दामा
गरुड पुराण नायिकालाई नाम चेन्ज गर्न सुझाव (भिडियो सहित)
प्रेमलीला रिलिज पोेष्टपोन्ड, कारण यस्तो
गोपीको नयाँ गीत रिलिज, विप्लवको रचनामा शिवको स्वर (भिडियो)