बलिउड शैलिमा विराजको पुनरागमन


Filmy Kura, Mar 14, 2016 at 4:53 pm

parshuramआइतबार दरबारमार्गमा रहेको एक होटलको बैठक कक्ष हेर्दा लाग्थ्यो त्यहा कुनै भिआइपी नै आउदैछ । पत्रकारको करिब दुई घण्टाको पर्खाइ पछि नायक विराज भट्ट हल प्रवेश गरे । हल निकै आकर्षक ढङ्गबाट सजाइएको थियो । त्यसको केही समय पछि महिला नेतृ डा. आरजु देउवा देखिइन् । सँगै थिइन नायिका निशा अधिकारी पनि । त्यसपछि त के भन्ने सबै मिडियाकर्मी यि तीन तर्फ क्यामेरा तेर्साउन थालिहाले ।

लाग्थ्यो कुनै बलिउड फिल्मको प्रेस मिट भइरहेछ । तर यो थियो नेपाली फिल्म जगतमा एक्सन स्टारका रुपमा परिचित उनै विराज भट्टको प्रमुख भूमिका रहने फिल्म ‘पर्शुराम’ को अफिसियल अनाउन्स्मेन्ट ।

नायक विराज भट्टको पाँच वर्ष पछि नेपाली फिल्ममा पुनरागमन भएको छ । उनको यो लामो ग्याप भोजपुरी फिल्म खेल्नाले भएको थियो । यद्धपि उनले भोजपुरी फिल्म भने खेल्न छोड्ने छैनन् । विराजको अपोजिटमा भने नायिका निशा अधिकारी रहनेछिन् ।

समारोहलाई सम्बोधन गर्दै विराजले नेपाली फिल्ममा अब पुनः सक्रिय भएर लाग्ने बताए । उनले ‘पर्शुराम’ मा एक्सन पात्रका रुपमा रहेको खुलाउदै पहिले झै सबै दर्शकबाट माया पाउने अपेक्षा व्यक्त गरे । यस अघि सफल फिल्म निर्माण गरेका रोज राणाले विराजको क्रेज ‘पर्शुराम’ मार्फत फर्काउने तयारी गरेका हुन् । यो फिल्मको भने रोज आफैले निर्देशन जिम्वेवारी सम्हाल्नेछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

चलचित्र कोपीलाको इन्डक्ल्याप, निर्मला पन्तको कथा पर्दामा
गरुड पुराण नायिकालाई नाम चेन्ज गर्न सुझाव (भिडियो सहित)
प्रेमलीला रिलिज पोेष्टपोन्ड, कारण यस्तो
गोपीको नयाँ गीत रिलिज, विप्लवको रचनामा शिवको स्वर (भिडियो)