नाई नभन्नु ल ४ को हिरो मै हुँ : विकास आचार्य


Filmy Kura, Mar 14, 2016 at 5:28 pm

bikas-aacharyaविकास आचार्य निर्देशित प्रतिक्षित फिल्म ‘नाई नभन्नु ल ४’ को ट्रेलर सार्वजनिक गरिएको छ । यस अघिका तीन सिरिज निकै हिट भएका थिए । तर यो पटक सांगीतिक पक्ष खास चर्चामा छैन ।

फिल्म रिलिज हुन २५ दिन अघि सार्वजनिक गरिएको ट्रेलरमा प्रियंका कार्की, नव कलाकार पल शाह, वर्षा राउत र बालकलाकार अनुभव रेग्मीलाई देख्न सकिन्छ । भलै यो ट्रेलर विगतका सिरिज जस्तो आकर्षक देखिदैन ।

फिल्मीकुराले निर्देशक विकास आचार्यलाई तपाईको फिल्मको खास हिरो पल कि अनुभव भनेर जिज्ञासा राख्दा उनले यो फिल्मको हिरो आफै भएको  बताए । उनले भने, ‘यो फिल्मको कथा मेरै हो । स्क्रिप्ट मैले नै लेखेको हुँ । अनि निर्देशक पनि म आफै हुँ । त्यसैले यो फिल्मको हिरो न अनुभव हो न पल, हिरो त म हुँ ।’

चैत्र २६ गते रिलिज थालनी गर्ने फिल्मले यो पटक रेखा थापा निर्मित/अभिनित ‘रामप्यारी’ को सामना गर्नेछ ।

हेर्नुस् यस्तो बनेको छ ट्रेलर


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

अनमोलको आठौं फिल्म एन्टी हिरो, २०२० मा रिलिज हुने
कबड्डी कबड्डी कबड्डीको शीर्ष गीत रिलिज, पन्चेबाजाको मिश्रणमा जोडियो र्‍याप
साइनोलाई मिल्दै दर्शक साथ, कस्तो गर्दैछ त व्यापार ?
चलचित्र हजार जुनीसम्मको टाइटल सङ रिलिज, आयुषको स्वरमा गीत बन्यो यस्तो (भिडियो)