धुर्मुस सुन्तली बीनाको मेरी बास्सै, जिरेखुर्सानीको ठाउँमा ब्रेक फेल


Filmy Kura, Mar 15, 2016 at 2:06 pm

dhurmus-suntali-final-finalखै के भन्ने अरुलाई ब्यङ्ग्य गर्न माहिर हास्यकलाकार आफू भने समयमा पैसा नपाएर रोइरहेका हुन्छन् । नरुउन पनि किन बडो दर्दनाक अवस्था छ यि हसाउने पेसामा लागेका कलाकारको पनि ।

मिडिया हब जुन एजेन्सीले नेपाल टेलिभिजनको समय खरिद गरेर विगत लामो समय देखि हास्य टेलिशृङ्खला निर्माणमा जोड दिरहेको छ । पछिल्लो समय यही एजेन्सी विभिन्न कारणले टाट पल्टिएपछि सञ्चालक सोम धिताल सिरियल निर्माणको लागि खर्च गर्न नसक्ने अवस्थामा आइपुगे । त्यसपछि वर्षौ देखि काम गर्दै आइरहेका कलाकारको रोजी रोटी पनि बन्द हुन पुग्यो ।

सिरियलका निर्देशक र अलि अब्बल कलाकार स्टेज शो तिर हानिए विचरा अरु हेरेको हेर्‍यै भए । यस मध्येमा जेठो टेलिशृङ्खला तीतो सत्य क्रमश जिरेखुर्सानी, मेरी बास्सै र भद्रगोल बन्द हुन पुगे । अब फेरि मिडिया हबले सक्रियता देखाएपछि भने यी मध्ये केही टेलिशृङ्खला निर्माण हुने भएको छ ।

kiran-kc-shivahariपटक पटक यी शृङ्खलाका निर्देशक दीपकराज गिरी, शिवहरी पौड्याल, जितु नेपाल, केदार घिमिरे र सिताराम कट्टेलले आर्थिक कारोबार ठप्प भएकै कारण सिरियल नियमित सुट गर्न नसकेको यस अघि बताउँदै आएका थिए । तीतो सत्य र जिरेखुर्सानी आउने टुङ्गो नलागे पनि मेरी बास्सै भने प्रसारण हुने पक्का भएको छ । गएको हप्ता देखि भद्रगोल पनि प्रसारणमा आइसकेको छ ।

मेरी बास्सैको अब नयाँ एपिसोडमा भने निर्देशक तथा कलाकार सिताराम कट्टेल यानकी धुर्मुस र कुञ्जना घिमिरे सुन्तली रहने छैनन् । यी दुई दर्शकको ढुकढुकी बेगरको न्यू एपिसोड कस्तो होला हेर्न बाँकी छ । साथै मेरी बास्सैको निर्देशन जिम्वेवारी पनि मिडिया हबकै कर्मचारी मनराज श्रेष्ठले सम्हाल्ने छन् । धुर्मुस सुन्तली बाहेक सिरियलमा अन्य कलाकार भने रहने छन् ।

यता जिरेखुर्सानी प्रसारण हुँदै आइरहेको सयम सोमबार बेलुका ८:५० मा भने अर्को टेलिशृङ्खला ब्रेक फेल आउने भएको छ । जिरेखुर्सानीका निर्देशक तथा कलाकार शिवहरी पौड्यालले फेसबुकमा एक स्टाटस पोस्ट गर्दै लेखेका छन्, ‘हरेक सोमबार साँझ ८:५० बजे जिरेखुर्सानीको समयमा नयाँ टेलिसिरियल ब्रेक फेल आउँदैछ मिले सम्म हेरिदिनु भै कमेन्ट पनि गरिदिनु हुन हाम्रा आदरणीय दर्शक महानुभावहरुमा हार्दिक अनुरोध गर्दछु ।’ ब्रेक फेलमा शिवहरी पौड्याल, किरण केसी, मनोज आचार्य, सविता गुरुङ लगायतका कलाकारको अभिनय रहनेछ ।

shutting

 “ब्रेक फेल” को शुटिंगमा क्यामरा पुजा गर्दै कलाकारहरू

यिनै कार्यक्रमबाट लोकप्रिय बन्न पुगेका कलाकार आर्थिक संकट कै कारण पछिल्लो समय टेलिभिजनको माध्यमबाट नियमित दर्शकको घर घर पुग्न नसक्दा टाढा बनेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

अनमोलको आठौं फिल्म एन्टी हिरो, २०२० मा रिलिज हुने
कबड्डी कबड्डी कबड्डीको शीर्ष गीत रिलिज, पन्चेबाजाको मिश्रणमा जोडियो र्‍याप
साइनोलाई मिल्दै दर्शक साथ, कस्तो गर्दैछ त व्यापार ?
चलचित्र हजार जुनीसम्मको टाइटल सङ रिलिज, आयुषको स्वरमा गीत बन्यो यस्तो (भिडियो)