स्वदेशकै कार्यक्रममा व्यस्त राजेश


Filmy Kura, Mar 17, 2016 at 12:43 pm

rajesh groupमहानायक राजेश हमाल स्वदेशकै विभिन्न महोत्सवहरुमा बिजी हुन थालेका छन् । अचेल कुनै फिल्मको सुटिङ नभएकाले पनि होला राजेश सांस्कृतिक कार्यक्रमहरुमा बढी सक्रिय देखिन्छन् । यद्धपि राजेश विदेश बढी घुम्ने कलाकारका रुपमा पनि चिनिन्छन् ।

पछिल्लो समय भन्ने नै हो भने उनको हातमा कुनै फिल्म छैन । ‘सकुन्तला’ फिल्म सुटिङ सकाएपछि भने उनी अलि फुर्सदिलो देखिएका छन् । औपचारिक कार्यक्रम तथा अनौपचारिक कार्यक्रममा देखिने राजेशको पछिल्लो फिल्म ‘बागमती’ सुपर फ्लप भएपछि भने उनको स्टार पावरमा गिरावाट आएको फिल्म मार्केटमा चर्चा चलेको थियो ।

अचेल उनी सामाजिक सञ्जालमा विभिन्न कार्यक्रमहरुमा पुगेको फोटो पनि राखिरहेका हुन्छन् । विराटनगर र झापाका कार्यक्रममा पुगेपछि राजेशले राखेका फोटाहरु हेर्नुस् ।

तस्बिर राजेश हमालको फेसबुकबाट

rajesh1

rajesh4

rajesh5


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

चलचित्र कोपीलाको इन्डक्ल्याप, निर्मला पन्तको कथा पर्दामा
गरुड पुराण नायिकालाई नाम चेन्ज गर्न सुझाव (भिडियो सहित)
प्रेमलीला रिलिज पोेष्टपोन्ड, कारण यस्तो
गोपीको नयाँ गीत रिलिज, विप्लवको रचनामा शिवको स्वर (भिडियो)