होली आउन एक हप्ता बाँकी छदै अशिष्मा यसरी रंगिइन


Filmy Kura, Mar 17, 2016 at 5:13 pm

asisma-nakarmiहोली आउन अझै एक हप्ता बाँकी नै छ । नायिका अशिष्मा नकर्मीलाई भने यसरी होलीले छोइसक्यो कि खै के भन्ने । उनी पूरै रंगिएकी छिन् । सप्तरङ्गी रङमा रमाएकी अशिष्मालाई हेर्दा तपाईलाई पनि होली खेलु खेलु लाग्न सक्छ ।

नेपाली कथानक चलचित्र ‘संरक्षण’ ले होली लक्षित गर्दै यो गीत आज सार्वजनिक गरेको हो । सञ्चारकर्मी तथा कवि धीरेन्द्र प्रेमर्षीले लेखेको यो गीतमा प्रवेश मल्लिकको संगीत रहेको छ । कविराज गहतराजले अशिष्मालाई यो गीतमा गजबैले नचाएका छन् । प्रदिपकुमार उदय निर्मित यस फिल्मलाई पूर्नेन्दु झाले निर्देशन गरेका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

चलचित्र कोपीलाको इन्डक्ल्याप, निर्मला पन्तको कथा पर्दामा
गरुड पुराण नायिकालाई नाम चेन्ज गर्न सुझाव (भिडियो सहित)
प्रेमलीला रिलिज पोेष्टपोन्ड, कारण यस्तो
गोपीको नयाँ गीत रिलिज, विप्लवको रचनामा शिवको स्वर (भिडियो)