लक्ष्यलाई सानीको कति चुनौती ?


Filmy Kura, Mar 18, 2016 at 12:21 pm

keki-sabin

यो शुक्रबार देखि लक्ष्य फिल्मले रिलिजको थालनी गरेको छ । एक्सन प्रधान भएकाले युवा जमात माझ लक्ष्यलाई मसलेदार फिल्मका रुपमा हेरिएको छ । विशेषत प्रेम र द्धन्द्धको समिश्रण रहेको यो फिल्ममा नायक सविन श्रेष्ठ एक्सन अवतारका रुपमा प्रस्तुत भएका छन् । विगतका फिल्मलाई हेर्ने हो भने सविनलाई लभस्टोरी भन्दा एक्सन प्रधान फिल्म नै फापेको छ । लक्ष्य बाट यी नायकले दर्शकको अत्याधिक माया र साथ पाउने लक्ष्य राखेका छन् ।

यता यस अघि थुप्रै फिल्ममा अभिनय गरिसकेकी नायिका अनु शाह सविनको जोडि बनेर लक्ष्यमा देखिएकी छिन् । उनले यो फिल्मलाई करियरको टर्निङ प्वाइन्टको रुपमा हेरेकी छिन् । फिल्मबाट उनी निकै आशावादी छिन् । अर्की नव नायिकाको कुरा गर्ने हो भने सारिका केसी लक्ष्य मार्फत नै सशक्त र जोडदार अभिनय गरेर दर्शकमाझ क्लिक हुने सुरुमा छिन् । लक्ष्य फिल्म मार्फत आफ्नो बास्तविक जीवनको लक्ष्य साकार हुनेमा उनी ढुक्क छिन् ।

फिल्मका निर्देशक मिलन आले मगर हुन् । आफ्नो निर्देशकीय क्षमता लक्ष्य मार्फत भरपुर देखाउने कोसिस मिलनले गरेका छन् । लक्ष्यमा लगानी गर्ने ओमलाल गुरुङ हुन् । उनले पनि फिल्मको विषयवस्तु अनुसार दिल खोलेरै पैसा खन्याएका छन् ।

यता सोहि मितिबाट अर्को फिल्म भाग सानी भागले पनि रिलिज आरम्भ गरेको छ । सोसियल ड्रामामा आधारित फिल्मको लिड रोलमा सानी अर्थात केकी अधिकारीलाई देख्न सकिन्छ । केकी छोटो समयमा धेरै फिल्म खेल्ने हिरोइनमा पर्छिन् तर उनी अभिनित फिल्मले हाल सम्म हलहरुमा अधुम मच्चाउन सकेको छैन । सानी अर्थात उनै केकीलाई साथ दिएका छन् सविन श्रेष्ठले ।

साढे दुई घण्टा हलमा मनोरञ्जनको गतिलो खुराक बनेर भित्रिएको भाग सानी भागलाई चेतन सापकोटाले निर्माण गरेका हुन् । यसअघि केही सफल सिनेमा दिने नवल नेपालले भाग सानी भागलाई निर्देशन गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

चलचित्र कोपीलाको इन्डक्ल्याप, निर्मला पन्तको कथा पर्दामा
गरुड पुराण नायिकालाई नाम चेन्ज गर्न सुझाव (भिडियो सहित)
प्रेमलीला रिलिज पोेष्टपोन्ड, कारण यस्तो
गोपीको नयाँ गीत रिलिज, विप्लवको रचनामा शिवको स्वर (भिडियो)