विकास बोर्डले रोक्यो फिल्मको नाम गाँजाबाजा राख्न


Filmy Kura, Mar 19, 2016 at 1:38 pm

ganes-rajkumar

यदि कुनै नयाँ फिल्म निर्माण गर्ने हो भने नेपाल सरकारको नियम अनुसार चलचित्र क्षेत्रको माउ संस्था विकास बोर्डमा प्रकृयागत ढंगले सुरुमा नाम दर्ता गराउनु पर्छ । तर यहाँ एउटा फिल्मलाई बिना कारण नाम दर्ता गर्न नदिइएको कुरा बाहिर आएको छ ।

उक्त फिल्मको नाम ‘गाँजाबाजा’ हो । यस अघि ‘मञ्जरी’ फिल्म निर्देशन गरेर एकाएक चर्चामा आएका निर्देशक गणेश देव पाण्डेले निर्माण गर्न लागेको फिल्म ‘गाँजाबाजा’ निर्माण इजाजत लिन विकास बोर्डमा आवेदन दिदा सो नाम राख्न नपाईने र नाम परिवर्तन गर्नुपर्ने भन्दै इजाजत नदिइएको निर्देशक पाण्डेले गुनासो गरेका छन् ।

उनले आक्रोशित हुँदै गणतन्त्र आइसकेको नेपालमा कुनै पनि सिर्जनाको नामाकरण गर्ने अधिकार स्वयम त्यस व्यक्तिमा रहेको भन्दै यदि विकास बोर्डले नाम राख्न पाउदैन भन्छ भने त्यसको ठोस आधार आफूलाई चाहिएको बताएका छन् । अहिले विकास बोर्डका अध्यक्ष राजकुमार राई रहेका छन् । उनले पदभार सम्हालेसँगै केही नीति नियम हेरफेर गरिएका छन् ।

बोर्ड अध्यक्ष राईले ‘गाँजाबाजा’ शब्दको प्रयोग कुनै पनि हालतमा गर्न नपाईने र नदिने बताउँदै नाम परिवर्तन गर्न दबाब दिएको निर्देशक गणेश देवको भनाइ छ । निर्देशक पाण्डेले विकास बोर्डले गरेको व्यवहार सरासर स्रष्टाको अपमान भएको बताएका छन् । अब उनले कस्तो कानुनी उपचार खोज्ने हुन् हेर्न बाँकी छ ।

status


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

जगदिश तिवारीको हातबाट सीबी माउन्ट फ्रेमको शुभारम्भ, अनुपम ब्राण्ड एम्बेसडर
अनमोलको आठौं फिल्म एन्टी हिरो, २०२० मा रिलिज हुने
कबड्डी कबड्डी कबड्डीको शीर्ष गीत रिलिज, पन्चेबाजाको मिश्रणमा जोडियो र्‍याप
साइनोलाई मिल्दै दर्शक साथ, कस्तो गर्दैछ त व्यापार ?