फिल्ममा लागेर थरै परिवर्तन गर्ने यी नायिका कस्ती ?


Filmy Kura, Mar 19, 2016 at 2:36 pm

aachalवास्तवमा यिनको नाम आँचल दवाडी हो । नेपाली फिल्ममा आउने अधिकांश हिरो हिरोइन जसले नाम परिवर्तन गरेको हामीले सुनेका छौ तर यि नवनायिकाले भने आफ्नो थरै परिवर्तन गरेकी छिन् ।

निखिल उप्रेती, विराज भट्ट, आर्यन सिग्देल जस्ता चर्चित हिरोले पनि फिल्म इन्ड्रष्टिमा पाइला राख्दा नाम परिवर्तन गरेका थिए । आँचलले दवाडी थर परिवर्तन गरेर शर्मा राखेकी छिन् । दवाडी भन्दा शर्मा भनेको राम्रो सुनिन्छ रे उनले भनिन्, ‘थर परिवर्तन गर्नेहरु सुपरस्टार भएका छन् भन्ने सुने त्यसैले म नी हुन्छु कि भनेर हो ।’

यदि नाम अनि थर परिवर्तन गर्दैमा सुपरस्टार हुने भए सबैले परिवर्तन गर्थे होला । यो उनको बालापन भन्ने कि के भन्ने । आफ्नो भएको परिचय नी हटाएर शर्मा तिर मोडिएकी आँचलको डेब्यू फिल्म ‘नाई नभन्नु ल ४’ हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

अनमोलको आठौं फिल्म एन्टी हिरो, २०२० मा रिलिज हुने
कबड्डी कबड्डी कबड्डीको शीर्ष गीत रिलिज, पन्चेबाजाको मिश्रणमा जोडियो र्‍याप
साइनोलाई मिल्दै दर्शक साथ, कस्तो गर्दैछ त व्यापार ?
चलचित्र हजार जुनीसम्मको टाइटल सङ रिलिज, आयुषको स्वरमा गीत बन्यो यस्तो (भिडियो)