माओवादी प्रवेश गरेका सरोजले सोही कथामा फिल्म निर्माण गर्ने


Filmy Kura, Mar 19, 2016 at 3:05 pm

saroj-khanalअन्तत नयाँ शक्ति या जे नाम भनिए पनि डा. बाबुराम भट्टराई संयोजक रहेको पार्टी माओवादी नै हो । उनी एकीकृत नेकपा माओवादीबाट छुट्टिएर नयाँ शक्ति तिर हानिए जहाँ केही चलचित्रकर्मीले समेत खुलेरै पार्टी प्रवेश गरेको पाइयो । त्यसमध्येको एकमा नायक सरोज खनाल पनि पर्न आउछन् ।

अमेरिकाको लामो बसाई पछि नेपाल फर्किएका सरोजले नयाँ शक्ति गएर तरङ्ग मात्र ल्याएनन् अब उनी माओवादी कथामै आधारित फिल्म निर्माण गर्न तम्सिएका छन् । आफ्नै लगानी रहने यो फिल्ममा सरोज प्रमुख भूमिकामा देखिनेछन् । फिल्मको कथाबस्तु निर्देशक विकास आचार्यले तयार गरेका हुन् ।

यतिबेला फिल्मलाई उपयुक्त हुने छायांकन स्थल हेर्नमा व्यस्त छन् सरोज । एक माओवादी लिडरको कथामा निर्माण हुन लागेको फिल्ममा कुनै पनि गीत समावेश गरिने छैन । टाइटल नजुरी सकेको यस फिल्ममा अन्य कलाकारको पनि टुङ्गो लाग्न बाँकी छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

चलचित्र कोपीलाको इन्डक्ल्याप, निर्मला पन्तको कथा पर्दामा
गरुड पुराण नायिकालाई नाम चेन्ज गर्न सुझाव (भिडियो सहित)
प्रेमलीला रिलिज पोेष्टपोन्ड, कारण यस्तो
गोपीको नयाँ गीत रिलिज, विप्लवको रचनामा शिवको स्वर (भिडियो)