बैशाखमा फिल्मको लहर, एक दिनको फरकमा दुई फिल्मको ट्रेलर रिलिज


Filmy Kura, Mar 20, 2016 at 5:19 pm

वर्ष २०७२ नेपाली फिल्मका लागि विनाशकारी भूकम्प र नाकाबन्दीका बाबजुद पनि राम्रै रह्यो । किनकी यस पटक अभाव र समस्यकाबीच पनि नेपाली फिल्मलाई दर्शकले समय र पैसा दुवै खर्च गरे । चैतको अन्तिम साता फिल्मीकुराले यो वर्ष नेपाली सिनेमा जगतका लागि कस्तो रह्यो विस्तृत रुपमा समिक्षा गर्ने नै छ तर हामी यो वर्ष छोडेर आउँदै गरेको २०७३ सालको कुरा गर्दैछौ ।

rolpa-junge

नयाँ वर्ष नयाँ सोच अनि हरेकमा उमङ्ग यस सँगै नेपाली फिल्मका लागि ०७३ राम्रो होला भन्ने आशा त छदैनी छ । बैशाख महिनामा फिल्मको एक खालको लहर देखा परिसकेको छ । चैत्र २६ गते रिलिज लिस्टमा रहेका ‘रामप्यारी’ र ‘नाई नभन्नु ल ४’ पछि बैशाखको पहिलो प्रदर्शन हुने फिल्ममा अहिले ‘हाउ फन्नी’ देखिएको छ । शुक्रबारीय रिलिज अन्तर्गत बैशाखको पहिलो हप्ता अहिले सम्म कुनै फिल्म रिलिज हुने संकेत नदेखिए पनि बैशाख १० बाट भने ‘हाउ फन्नी’ ले विधिवत् रुपमा २०७३ लाई अगाडि बढाउने देखिन्छ ।

यस पछि बैशाख १७ गते भने दुई फिल्म लाग्दैछन् । दुवै फिल्म इतिहास सम्झाउने खालका छन् । आज आइतबार राजधानीमा एक कार्यक्रमका बीच ‘जंगे’ को ट्रेलर रिलिज गरिएको छ । विशेषगरी राणाकालिन समयमा शासन सत्ता सम्हालेका प्रधानमन्त्री जङ्गबहादुर राणाको जीवनीमा आधारित फिल्मले इतिहासको विरता र गाथा मात्र हैन हाल नेपाली समाजमा जङ्गबहादुर भइदिएको भए कस्तो हुन्थ्यो होला सो कुराको समेत चित्रण गर्नेछ । वास्तवमा रियल पात्र प्रवृत्तिमा केन्द्रित भन्दा पनि फिल्मलाई कमर्सियल बनाउन वर्तमान समाजमा जंगेको रुप कस्तो हुन सक्थ्यो भन्ने कल्पना गरिएको फिल्म निर्माण यूनिटले बताएको छ । सार्वजनिक ट्रेलरमा एक्शन पार्टलाई निकै प्राथमिकता दिइएको छ । ‘जंगे’ को रोलमा मिडिया पर्सन समेत रहेका अभिनेता सुरज सिंह ठकुरीले अभिनय गरेका छन् । सुरजले फिल्म सुटिङ ताका जंगेकै जस्तो रुप धारण गरेर केही द्धन्द्धका दृश्य छायांकन गर्दा हात गोडा भाचिएको घटना समेत स्मरण गरे ।

फिल्ममा डिफरन्ट क्यारेक्टर गर्न रुचाउने कलाकार ऋचा शर्माको समेत यसमा प्रमुख भूमिका रहेको छ । फिल्मीकुरा सँगको भेटमा उनले ‘को आफ्नो’ ले छाड्न नसकेको छाप ‘जंगे’ मा निभाएको पात्रले पुरा गर्ने विश्वास व्यक्त गरिन् । फिल्मका निर्देशक उत्कल थापा हाल अष्ट्रेलियामा छन् । उनले पनि फिल्म मेकिङ पाटो राम्रो भएको र यो फिल्म मनोरञ्जनको खुराक बनेको सन्देश छाडेका थिए जुन सन्देश सञ्चारकर्मी माझ आज प्ले गरिएको थियो । सुरज, ऋचाको अलवा फिल्ममा नरेश पौड्याल, अनुप बराल र शिखा शाहीको समेत अभिनय हेर्न सकिन्छ । ‘जंगे’ का निर्माता सुशन प्रजापति हुन् ।

यस्तै सोही डेटमा लाग्ने अर्को फिल्म ‘रोल्पा रोग’ को पनि हिजो शनिबार एक कार्यक्रमकाबीच ट्रेलर र गीत सार्वजनिक गरिएको छ । दीपक ओली निर्देशित फिल्मले पनि केही इतिहासका सत्य पाटालाई आत्मसाथ गरेको छ । विशेषगरीकन दश वर्षे सशस्त्र युद्धताका रोल्पा जिल्ला कसरी युद्धभूमिमा परिणत भयो ती वास्तविक खोतल्ने प्रयास फिल्मले गरेको छ । सो समयमा युवाले भोग्नुपरेको कठिनाईको चित्रण फिल्मले गर्नेछ ।

फिल्ममा अधिकांश नयाँ अनुहारको अभिनय रहेको छ । सञ्चार क्षेत्रमा लागेर हिरो हुने सपना पालेका शिशीर भण्डारीको पनि अभिनय हेर्न सकिन्छ ‘रोल्पा रोग’ मा । निर्मला वली प्रस्तुतकर्ता रहेको फिल्मले बैशाख १७ लाई रोग फैलने मिति भनेको छ । सो मितिमा दर्शक रोगी बन्न हल धाउलान् त ? यसै भन्न सकिन्न तर नयाँ वर्षको संघारमा फिल्मको लहर भने भटाभट देखिन थालेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

चलचित्र कोपीलाको इन्डक्ल्याप, निर्मला पन्तको कथा पर्दामा
गरुड पुराण नायिकालाई नाम चेन्ज गर्न सुझाव (भिडियो सहित)
प्रेमलीला रिलिज पोेष्टपोन्ड, कारण यस्तो
गोपीको नयाँ गीत रिलिज, विप्लवको रचनामा शिवको स्वर (भिडियो)