फ्राइडे रिलिजमा आवेग र राहदानी


Filmy Kura, Mar 25, 2016 at 1:48 pm

aabeg-rahadaniसधैँ जसोको शुक्रबार झै यो पटक पनि दुई भिन्न नेपाली फिल्मले रिलिजको थालनी गरेका छन् । फरक विषय र फरक स्वादमा निर्मित ती दुई फिल्म हुन् आवेग र राहदानी । कुरा सुरु राहदानीबाट गरौ । राहदानी अर्थात पासपोर्ट । विदेशीने आम नेपालीको कथा बोल्ने फिल्म राहदानीलाई लक्ष्मी प्रसाद ढकालले निर्माण गरेका हुन् । चलचित्र पत्रकार समेत रहेका डब्बु क्षेत्रीको लेखन निर्देशन रहेको फिल्म यथार्थपरक विषयमा केन्द्रित छ । रिलिजको एक दिन अघि विग मूभिजमा यो सिनेमाको प्रिमियर गरिएको थियो । देशभरका करिब ४ दर्जन हलमा लागेको राहदानीमा दयाहाङ राई, अशोक रिजाल, रुपा खनाल, सृजना सुब्बा लगायतका कलाकारको अभिनय रहेको छ । फिल्मको एक आइटम नम्बरमा नायिका रिमा विश्कर्माको हट नृत्य समेत हेर्न सकिन्छ ।

यस्तै राहदानी सँगै एक्सन ओरिएन्टेड फिल्म आवेग पनि शुक्रबारबाटै रिलिज भएको छ । आर्यन सिग्देलल स्टारर फिल्म हो आवेग । निर्माण यूनिट आर्यनकै क्रेजका कारण हल सम्म दर्शक तानीनेमा विश्वस्त छ । यस अघि अलविदा र नाइकेमा आर्यनको एक्सनलाई दर्शकले नियाल्न पाइसकेका छन् । द्धन्द्ध निर्देशक अष्ट महर्जनले आवेगमा आर्यनलाई केही परक अवतारमा समेत उतोरका छन् । विजयपथ र राजनीति फिल्म निर्देशन गरेका युवा निर्देशक बसन्त निरौला निर्देशित आवेग एक्सन लभस्टोरीको समिश्रण हो । किरण माइकलले लेखेको यस फिल्ममा आर्यन सिग्देल, पवित्रा आचार्य, धुव्रदत्त, अर्चना देलाल, रमेश बुढाथोकी लगायतका कलाकारको अभिनय हेर्न सकिन्छ । सूर्य कार्की निर्मित फिल्मलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

चलचित्र कोपीलाको इन्डक्ल्याप, निर्मला पन्तको कथा पर्दामा
गरुड पुराण नायिकालाई नाम चेन्ज गर्न सुझाव (भिडियो सहित)
प्रेमलीला रिलिज पोेष्टपोन्ड, कारण यस्तो
गोपीको नयाँ गीत रिलिज, विप्लवको रचनामा शिवको स्वर (भिडियो)